मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते

राजविराज राजविराज
|
बिहिबार, चैत्र २३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते

सारांश

  •     बोदेबर्साइन नगरपालिका २ बैरियास्थित बिषनपुर बोदेबर्साइन सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आँउदै गरेको को.
  • १७प.
  • ९४७५ नं.

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 

    सप्तरीको बोदेबर्साइन नगरपालिकामा बिहीबार मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यस्तै अर्को मोटरसाइकल दुर्घटनामा एक महिला घाइते भएकी छिन् । 
    बोदेबर्साइन नगरपालिका २ बैरियास्थित बिषनपुर बोदेबर्साइन सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आँउदै गरेको को.१७प.९४७५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक वाड नं. ५ निवासी १७ वर्षिय सागर पंडितको मृत्यु भएको हो । 
    प्रहरीका अनुसार घाइते पंडितको उपचारको क्रममा जिवन ज्योति अस्पताल बोदेबर्साइनमा मृत्यु भएको छ । यस्तै दुर्घटनामा मोटरसाइकल पछाडी सवार स्थानिय १५ वर्षिय सुमित पंडित घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै बुधबार राजविराज वडा नं. ६ लिलजा टोलमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन् । वडा नं. १६ बोरिया निवासी शंकर देवले चलाइरहेको स.४प.४४९० नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा पछाडी सबार उनकी श्रीमती गौरी देव लडेर घाइते भएक छिन् । 
    उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार पश्चात् थप उपचारका लागि युनिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
ट्याक्टर पल्टिदा चालकको मृत्यु, बोलेरोको  ठक्करबाट एक बृद्धको ज्यान गयो
ट्याक्टर पल्टिदा चालकको मृत्यु, बोलेरोको  ठक्करबाट एक बृद्धको ज्यान गयो
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध