दैनिक समाचारदाता
राजविराज, २० चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना सम्भव नरहेको बताएका छन् ।
नेकपा एकिकृत समाजवादी सप्तरीको १०औं जिल्ला अधिवेशनको बुधबार राजविराजमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।
“राजालाई राजनीति गर्ने मन भए मौजुदा व्यवस्था अनुसार पार्टी खोलेर निर्वाचनमा भाग लिई बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागु गर्न सक्ने बाटो खुल्ला छ ।” उनले भने “वंशवादको विगत तर्फ फर्किने सम्भावना छैन् ।”
वंशवादको शासनको नाउँमा फेरी जंगबहादुरलाई ल्याउने हो भन्दै उनले प्रश्न गरे । नेपालमा वंशका आधारमा निरंकुश शासन गर्ने प्रणाली सदाका लागि अन्त्य भएको उनको दावी थियो ।
राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफू समेत भएको र दमनको जम्मै कुरा नेपाली जनतालाई पनि अझै याद रहेको उनले जिकिर गरे । आफू समेत पुर्वराजा ज्ञानेन्द्रबाट दुःख पाएको स्मरण गर्दै उनले मोवाईल खोसी, सम्पर्क विहिन बनाई र घरमा नजरबन्द राखेको अनुभव समेत सुनाए ।
उनले पछिल्लो समय काठमाडौंमा भएको राजावादी आन्दोलनलाई अराजक गतिविधको संज्ञा दिदै अराजक समूहले आफूहरुको पार्टी कार्यालयमा तोडफोडका साथै सम्पति लुटपाट गरेको आरोप समेत लगाए ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा आयोजित उद्घाट्न समारोहमा केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, प्रदेश सांसद एवं पुर्व मन्त्री गोविन्द न्यौपाने, मधेश प्रदेश अध्यक्ष एवं पोलिटव्युरो सदस्य रामचन्द्र यादव, प्रदेश सचिव एवं पोलिटव्युरो सदस्य सुधिर साह, महिला नेतृ एवं पोलिटव्युरो सदस्य उषा पोखरेल, पार्टीका प्रचारप्रसार विभागका केन्द्रिय प्रकाश खतिवडा, नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झा लगायतको उपस्थिति रहेको थियो ।
बुधवार नै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले जिल्ला समन्वय समितिको सभाकक्षमा सभापति शिवनारायण साहको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर जिल्लाको समग्र सुरक्षा अवस्था, राजावादीको गतिविधि तथा सीमा क्षेत्रका सुरक्षा चुनौती लगायतका विषयमा आवश्यक जानकारी समेत लिएका थिए ।
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल
सारांश
- नेकपा एकिकृत समाजवादी सप्तरीको १०औं जिल्ला अधिवेशनको बुधबार राजविराजमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।
- “राजालाई राजनीति गर्ने मन भए मौजुदा व्यवस्था अनुसार पार्टी खोलेर निर्वाचनमा भाग लिई बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागु गर्न सक्ने बाटो खुल्ला छ ।
- ” उनले भने “वंशवादको विगत तर्फ फर्किने सम्भावना छैन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया