फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट

राजविराज राजविराज
|
मंगलबार, जेठ ६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट

सारांश

  •     सासु र नन्दबाट उनी मात्र नभई उनका दुई वर्षिय काखे छोरा समेत कुटिएका छन ।
  • सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिँया टोलकी २२ वर्षिया सनिजा खातुन र उनका २ वर्षिय छोरा फैजान यसरी कुटपीटबाट घाइते भएका हुन् ।
  •       उनीहरुको विगत तीन दिनदेखी स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भईरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।

    श्रीमानले फोनबाटै ९ महिना अघि “तलाक” दिएका एक महिला विवाहदर्ता र नागरिकताका लागी संघर्षरत रहेको अवस्थामा पछिल्लो पटक आफ्नै सासु र नन्दबाट कुटिएर थप पीडामा परेकी छिन् । 
    सासु र नन्दबाट उनी मात्र नभई उनका दुई वर्षिय काखे छोरा समेत कुटिएका छन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिँया टोलकी २२ वर्षिया सनिजा खातुन र उनका २ वर्षिय छोरा फैजान यसरी कुटपीटबाट घाइते भएका हुन् ।  
    उनीहरुको विगत तीन दिनदेखी स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भईरहेको छ । अस्पतालको आकस्मिक कक्षको १४ नंं बेडमा भर्ना भई उपचाररत सनिजाले आपृm र छोरालाई सासृु आयशा खातुन र नन्द मरियम खातुनले कुटपिट गरेको बताएकी छिन । 
    उनका श्रीमान मो.आकुब विगत दुई वर्षदेखी रोजगारीका सिलसीलामा हाल कतारमा छन । सासु र नन्दले श्रीमान आकुबलाई झुटो कुरा पु¥याएर तलाकको अवस्थामा समेत पु¥याई दिएको उनले पीडा पोखेकी छिन । विवाह दर्ता र नागरिकता बनाई दिन पटक÷पटक आग्रह गर्दा आफुमाथी यसरी शारिरीक र मानसिक यातना दिन थालिएको उनले बताइन् ।
    उनले सासु र नन्द मिलेर आपुृmलाई घर निकाला गर्न अनेकौ प्रकारका दुःखः दिन थालेको सुनाईन । पछिल्लो पटक कुटपीट मात्र गरेनन, आफुले प्रयोग गर्ने घरको एक मात्र शौचालयमा समेत बालृुवा गिट्टी भरेर शौचालका लागी खुल्ला चउर मा जान बाध्य बनाए, उनले भनिन । 
    उक्त घरमा सनिजा एक्लै वस्दै आएकी छिन । सासु भने गाउँ मै अर्काे टोलमा रहेको छोरी मरियमको घरमा वस्दै आएको उनले सुनाईन । 
    भारतको विहार राज्य कुनौली ग्रामपञ्चायत डगमारा माइती भएकी सनिजाको २०७८ साल चैत्र ८ गते मो. आकुब संग मुस्लिम धर्म परम्परा अनुसार मौलानाको उपस्थितीमा विवाह (निकाहनामा) सम्पन्न भएको थियो । छोरीको विवाहमा आफुहरुले खेती योग्य जग्गा बेचेर नगद ५ लाख सहित १५ लाख रुपैया खर्च गरेको सानी आमा नाजोले सुनाईन 
    मंगलवार अस्पताल परिसरमा संचारर्कीहरु संग कुरा गर्दै आमा नजिराले भनिन “सासु आयशा र नन्द मरियम कै कारण छोरीलाई सम्बन्ध विच्छेद र कुटपीट गरी जीवन मरणको दोसाँधमा पु¥याइएको छ, अब कति सहनु ?”
    उपचारका लागी काखे छोरा सहित अस्पताल भर्ना रहेकी सनिजाले विवाहको ३ वर्ष भन्दा बढी भइसक्दा पनि श्रीमानले विवाह दर्ता र नागरिकता न बनाई दिएको र सो बनाइ दिन फोनबाट पहलका लागी आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको सुनाईन । 
    सनिजाले विवाह भएपछी विवाह दर्ता र सन्तान जन्मिए पछि जन्म दर्ता गराई दिन माग गर्नु स्वभाविक भएपनि श्रीमान, सासु र नन्दले यसलाई अपराध गरे झै लिएको पीडा पोखीन ।
    उनले गत मंसिर १९ गते साँझ आफु गाउँको एक आफन्तको बैवाहिक कार्यक्रममा सरिक हुन गएका बेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्री, टिका, नथुनी, औठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको र सो बारे इलाका प्रहरी कार्यालय पातो र्हुँदै जिल्ला प्रहरी कार्यालय सम्म पुगेर उजुरी दिएको बताईन । 
    उजुरी मार्फत घरमा चोरी गर्ने तथा आपृmुलाई तलाक सम्मको अवस्थामा पु¥याउनेहरुमाथी ठगी तथा आपराधीक विश्वासघात मुद्दा अन्तर्गत कारवाही हुनु पर्ने माग समेत गरेकी छिन । तर अहिले सम्म न्याय पाउन नसकेको उनको गुनासो छ । सनिजा संग अन्याय भएको भनेर ब्रह्मपुर टोलका मुस्लिम अगुवाहरुले साथ दिईरहेपनि हिंसा गर्नेहरुमाथी अहिले सम्म कुनै कारवाही नभएको आमा नजिराले पीडा पोखेकी छिन । 
    छोरी सनिजामाथी लगातार एक पछि अर्काे हिंसा र तलाकको कुरा आएपछी आफुले सप्तरी जिल्ला अदालतमा अंश र मानाचामल मुद्दा हालेको बताउँदै उनले ज्वाईले छोरीलाइ फोनमार्फत दिएको तलाकनामा फिर्ता तथा उनी संगै सुरक्षित साथ वस्ने वातावरण मिलाई दिन पनि सम्बद्ध सरोकारवाला निकाय संग आग्रह गरेकी छिन । उनले छोरीलाई दुःख दिने विरुद्ध प्रहरीमा उजुरी हालेपछि पीडकलाई पक्राउ गर्ने आश्वासन पाइए पनि हाल सम्म उनीहरुलाई पक्राउ नगरिएको गुनासो समेत गरेकी छिन । 
    यता सनिजाकी सासु आयशाले घरायसी विवादमा झै झगडा हुदाँ आफुलाई समेत चोट पटक लागेको दाबी गरेकी छिन । उनले सनिजाले प्रयोग गर्ने शौचालयमा आफुहरुले बालुवा गिट्टी हालेर अबरुद्ध पार्ने कुनै प्रयास नगरेको दाबी समेत गरेकी छिन । 
    उक्त प्रकरण बारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले दुबै पक्षलाई झिकाई समस्या समाधानको प्रयास थालिएको बताएका छन । उनले कुटपीट घट्नाको पनि अनुसन्धान भईरहेको र दोषी पाइएकालाई कानुन बमोजिम कारवाही गरिने दृढता समेत ब्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु 
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल 
काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल 
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम