हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
६ पटक हेरिएको
Shares
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार

सारांश

  • राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनसहित नगरपालिकाका कर्मचारी र सरसफाईकर्मीको टोलीसहित अहिले नगरलाई व्यवस्थित बनाउन लागिपरेका हुन् ।
  • नगरको राममन्दिर–अदालत रोड सडक खण्डको सडकपेटी अतिक्रमण गरि बसेका फुटफाथे पसल हटाएको टोलीले हटिया कम्पलेक्स वरिपरी अतिक्रमण गरी बसाईएका फुटपाथे पसलहरु समेत हटाएका छन् ।
  • पटक–पटक सूचना र त्यसपछि मौखिक आग्रह गरी सडक तथा हटिया कम्पलेक्स आसपासका सार्वजनिक जग्गा मिचेर बसेका फुटफाथे पसलहरुलाई खाली गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले नगरपालिकाले ती संरचनाहरु हटाउन थालेको कार्यवाहक नगरप्रमुख परवीनको भनाई छ ।
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
नेपालकै पुरानो टाउन प्लानिङ्ग नगर राजविराजलाई अतिक्रमण मुक्त, सुन्दर र व्यवस्थित बनाउन अहिले राजविराज नगरपालिका लागिपरेको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनसहित नगरपालिकाका कर्मचारी र सरसफाईकर्मीको टोलीसहित अहिले नगरलाई व्यवस्थित बनाउन लागिपरेका हुन् ।
नगरको राममन्दिर–अदालत रोड सडक खण्डको सडकपेटी अतिक्रमण गरि बसेका फुटफाथे पसल हटाएको टोलीले हटिया कम्पलेक्स वरिपरी अतिक्रमण गरी बसाईएका फुटपाथे पसलहरु समेत हटाएका छन् ।
पटक–पटक सूचना र त्यसपछि मौखिक आग्रह गरी सडक तथा हटिया कम्पलेक्स आसपासका सार्वजनिक जग्गा मिचेर बसेका फुटफाथे पसलहरुलाई खाली गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले नगरपालिकाले ती संरचनाहरु हटाउन थालेको कार्यवाहक नगरप्रमुख परवीनको भनाई छ ।
सार्वजनिक जग्गा मिच्ने सबैलाई क्रमशः ३५ दिने, १५ दिने र ७ दिने सूचना प्रकाशित गरी पटक–पटक समय दिदा पनि कतिपय व्यक्तिले अझै अटेर गरिरहेको पाइएपछि ती संरचना हटाउन सुरक्षाकर्मीको टोली सहित निस्किनु परेको उनको कथन छ ।
नगरपालिकाले हालसम्म सिरहा रोड, कञ्चनपुर रोड, कुनौली रोड, मच्छहट्टा रोड तथा मुख्य बजार क्षेत्रको मेनरोडको अतिक्रमित तथा सडक मापदण्ड भित्र परेका जग्गाहरुमा बनाइएको घर, टहरा र पसल डोजर लगाएर भत्काइ सकेको छ ।
यसैबीच मंगलबार साँझ अदालत रोडको छेउमा लगाइएको विभिन्न तरकारी बजार समेत हटाइएको छ । कावा नगरप्रमुख परविन तथा वडा नं. ७ का अध्यक्ष  सुभाषचन्द्र यादवको नेतृत्वमा सडक छेउका तरकारी बजार हटाइएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी
आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न
आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न
दलित जनजागरण अभियान सञ्चालन हुने  
दलित जनजागरण अभियान सञ्चालन हुने  
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित 
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित 
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
नेजपाको फरक शैलीमा चुनावी अभियान
नेजपाको फरक शैलीमा चुनावी अभियान
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु
आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु