हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
१२२ पटक हेरिएको
Shares
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार

सारांश

  • राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनसहित नगरपालिकाका कर्मचारी र सरसफाईकर्मीको टोलीसहित अहिले नगरलाई व्यवस्थित बनाउन लागिपरेका हुन् ।
  • नगरको राममन्दिर–अदालत रोड सडक खण्डको सडकपेटी अतिक्रमण गरि बसेका फुटफाथे पसल हटाएको टोलीले हटिया कम्पलेक्स वरिपरी अतिक्रमण गरी बसाईएका फुटपाथे पसलहरु समेत हटाएका छन् ।
  • पटक–पटक सूचना र त्यसपछि मौखिक आग्रह गरी सडक तथा हटिया कम्पलेक्स आसपासका सार्वजनिक जग्गा मिचेर बसेका फुटफाथे पसलहरुलाई खाली गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले नगरपालिकाले ती संरचनाहरु हटाउन थालेको कार्यवाहक नगरप्रमुख परवीनको भनाई छ ।
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
नेपालकै पुरानो टाउन प्लानिङ्ग नगर राजविराजलाई अतिक्रमण मुक्त, सुन्दर र व्यवस्थित बनाउन अहिले राजविराज नगरपालिका लागिपरेको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनसहित नगरपालिकाका कर्मचारी र सरसफाईकर्मीको टोलीसहित अहिले नगरलाई व्यवस्थित बनाउन लागिपरेका हुन् ।
नगरको राममन्दिर–अदालत रोड सडक खण्डको सडकपेटी अतिक्रमण गरि बसेका फुटफाथे पसल हटाएको टोलीले हटिया कम्पलेक्स वरिपरी अतिक्रमण गरी बसाईएका फुटपाथे पसलहरु समेत हटाएका छन् ।
पटक–पटक सूचना र त्यसपछि मौखिक आग्रह गरी सडक तथा हटिया कम्पलेक्स आसपासका सार्वजनिक जग्गा मिचेर बसेका फुटफाथे पसलहरुलाई खाली गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले नगरपालिकाले ती संरचनाहरु हटाउन थालेको कार्यवाहक नगरप्रमुख परवीनको भनाई छ ।
सार्वजनिक जग्गा मिच्ने सबैलाई क्रमशः ३५ दिने, १५ दिने र ७ दिने सूचना प्रकाशित गरी पटक–पटक समय दिदा पनि कतिपय व्यक्तिले अझै अटेर गरिरहेको पाइएपछि ती संरचना हटाउन सुरक्षाकर्मीको टोली सहित निस्किनु परेको उनको कथन छ ।
नगरपालिकाले हालसम्म सिरहा रोड, कञ्चनपुर रोड, कुनौली रोड, मच्छहट्टा रोड तथा मुख्य बजार क्षेत्रको मेनरोडको अतिक्रमित तथा सडक मापदण्ड भित्र परेका जग्गाहरुमा बनाइएको घर, टहरा र पसल डोजर लगाएर भत्काइ सकेको छ ।
यसैबीच मंगलबार साँझ अदालत रोडको छेउमा लगाइएको विभिन्न तरकारी बजार समेत हटाइएको छ । कावा नगरप्रमुख परविन तथा वडा नं. ७ का अध्यक्ष  सुभाषचन्द्र यादवको नेतृत्वमा सडक छेउका तरकारी बजार हटाइएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी 
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी 
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी