बसपार्क संचालनका लागि १५  दिनभित्र बाँकी काम सक्ने प्रतिबद्धता

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, आश्विन २७, २०८३
|
|
६५ पटक हेरिएको
Shares
बसपार्क संचालनका लागि १५  दिनभित्र बाँकी काम सक्ने प्रतिबद्धता

सारांश

  • बैठकमा राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले यातायात व्यवसायीहरूलाई बसपार्कबाटै बस सञ्चालन गर्न आग्रह गरिन् ।
  • बसपार्कमा केही पूर्वाधार तथा निर्माणसम्बन्धी काम बाँकी रहेकाले ती काम १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन् ।
  • यातायात व्यवसायीहरूले भने बसपार्क संचालनका लागि तयार गरिएको कार्यविधि संशोधन गर्नुपर्ने माग दोहो¥याएका छन् ।
दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
राजविराजस्थित बसपार्क संचालनमा ल्याउने विषयमा मंगलबार सर्वपक्षीय बैठक बसेको सम्पन्न भएको छ ।
बैठकमा राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले यातायात व्यवसायीहरूलाई बसपार्कबाटै बस सञ्चालन गर्न आग्रह गरिन् । बसपार्कमा केही पूर्वाधार तथा निर्माणसम्बन्धी काम बाँकी रहेकाले ती काम १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन् ।
यातायात व्यवसायीहरूले भने बसपार्क संचालनका लागि तयार गरिएको कार्यविधि संशोधन गर्नुपर्ने माग दोहो¥याएका छन् । बसपार्कका ठेकेदारसँग सम्झौता नभएसम्म बसपार्कमा गाडी नलैजाने उनीहरूको अडान कायमै छ ।
यातायात व्यवसायी धिरु वर्माले हालको कार्यविधि यातायात व्यवसायीमैत्री नभएको प्रतिक्रिया दिँदै कार्यविधि संशोधन नभएसम्म बसपार्क सञ्चालन गर्न कठिन हुने बताए ।
प्रमुख जिल्ला अधिकारी थापाले करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको बसपार्क संचालनमा ल्याउन सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । तत्काल उपलब्ध पूर्वाधारलाई उपयोगमा ल्याउँदै बाँकी समस्या राजविराज नगरपालिकाले क्रमिक रूपमा समाधान गर्दै जानुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवले बसपार्क संचालनमा नआउँदा राजविराज बजारको यातायात व्यवस्थापन अस्तव्यस्त बनेको बताए । बसपार्क संचालनका लागि नगरपालिका, यातायात व्यवसायी र ठेकेदार पक्षले आ–आफ्ना अडानमा केही लचकता अपनाएर सहकार्य गर्नुपर्ने उनको जोड थियो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले बसपार्क संचालनका समस्या र समाधानका उपायबारे छलफल भएको हो ।
बसपार्क सञ्चालनमा आउन नसक्दा बजार क्षेत्रमा यातायात व्यवस्थापनमा समस्या देखिएको छ । निर्माण सम्पन्न भएका पूर्वाधारको उपयोग गर्दै कार्यविधि, ठेक्का सम्झौता र अन्य विवाद समाधान गर्न सके मात्रै बसपार्क नियमित रुपमा संचालन हुने सरोकारवालाहरूको भनाइ छ ।
बैठकले बसपार्क संचालनका लागि देखिएका समस्यालाई आपसी छलफल र सहमतिमार्फत समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
गाईको मासुसहित एक पक्राउ
गाईको मासुसहित एक पक्राउ
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव
प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव
राजदेबी टोलमा लाखौको चोरी 
राजदेबी टोलमा लाखौको चोरी 
वैश्य महासंघको मेची–महाकाली अभियान
वैश्य महासंघको मेची–महाकाली अभियान
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित