दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
छठ पर्व मनाउनका लागि विपन्न परिवारलाई एक सामाजिक संस्थाले साडीसहित विभिन्न पूजाका सामाग्रिहरु बितरण गरेको छ ।
तराई मधेश महिला फाउन्डेशन नेपाल राजविराज सप्तरीले राजविराज नगरपालिका वडा नं. ६ स्थित पुर्नी पोखरी टोलका विपन्न परिवारलाई ती सामग्रिहरु बितरण गरेको हो ।
संस्थाकी अध्यक्ष सुनिता कुमारी साहले स्थानीय ५१ जना विपन्न परिवारलाई छठ पूजाका लागि साडी, नरिवल, सिंगारका सामग्री लगायतका पूजा सामग्री वितरण गरेकी हुन् ।
साडी, नरिवल, सिँगारका सामग्री लगायतका आवश्यक पूजा सामग्री पाएपछि स्थानीय विपन्न परिवारले खुसी व्यक्त गरे ।
अध्यक्ष साहले हरेक वर्ष यसरी नै विपन्न परिवारका लागि सामाग्रि बितरण गर्दै आइरहेकी छिन् । उनले आर्थिक अवस्था कमजोर भएका परिवारलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको सुनाइन् । आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।
छठ पूजाका लागि ५१ विपन्न परिवारलाई साडीसहित पूजा सामग्री वितरण
सारांश
- तराई मधेश महिला फाउन्डेशन नेपाल राजविराज सप्तरीले राजविराज नगरपालिका वडा नं.
- ६ स्थित पुर्नी पोखरी टोलका विपन्न परिवारलाई ती सामग्रिहरु बितरण गरेको हो ।
- संस्थाकी अध्यक्ष सुनिता कुमारी साहले स्थानीय ५१ जना विपन्न परिवारलाई छठ पूजाका लागि साडी, नरिवल, सिंगारका सामग्री लगायतका पूजा सामग्री वितरण गरेकी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
विशेष साधारण सभाको कुनै औचित्य छैन् ः सप्तरी जिल्ला बार
पत्रकार महासंघले छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने
करेन्ट लागेर घाइते भएका सुदर्शनलाई आर्थिक सहयोग
सामुदायिक प्रयासले पुनर्जीवन पायो सकरपुराको ऐतिहासिक पोखरी
निजि विद्यालयद्वारा परम्परालाई निरन्तरता
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
प्रतिक्रिया
० प्रतिक्रिया