राजविराज÷आसन ग्रहण नगराएको भन्दै नेवि संघका एक पदाधिकारीले कार्यक्रम स्थलमा राखिएको टेबुल तोडफोड गरेका छन् ।
नेपाली काँग्रेस सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं सम्मान कार्यक्रममा टेबुल तोडफोड गरिएको हो ।
टेबुल तोडफोड गर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनियाका २८ वर्षिय रंजन यादव छन् । नेवि संघको प्रचारप्रसार समितिका सदस्य रहेका उनलाई तत्कालै प्रहरीले हिरासतमा लिएको छ ।
काँग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित स्व. विपि कोइरालाको तस्बिर राखेर दिप प्रज्ववलन र फुलअबिर अर्पण गर्नका लागि तयार गरिएको टेबुल उचालेर तोडफोड गरेपछि प्रहरीले उनलाई हिरासतमा लिई जिल्ला प्रहरी कार्यालय पु¥याएको काँग्रेसका जिल्ला सभापति रामदेव साहले बताए ।
कार्यक्रममा उद्घोषण गरिरहेका काँग्रेस सप्तरीका सचिव सनत मण्डलले आफूलाई आसनग्रहण नगराएको भन्दै उनले तोडफोड गरेपछि कार्यक्रम केही बेर रोकिएको थियो ।
तोडफोडको घटनाप्रति आक्रोशित बनेका कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री यादवले अनुशासन विपरीत कार्य गर्ने उनलाई पार्टी संगठनबाट समेत कारवाही गरिने जनाए ।
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
सारांश
- काँग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित स्व.
- विपि कोइरालाको तस्बिर राखेर दिप प्रज्ववलन र फुलअबिर अर्पण गर्नका लागि तयार गरिएको टेबुल उचालेर तोडफोड गरेपछि प्रहरीले उनलाई हिरासतमा लिई जिल्ला प्रहरी कार्यालय पु¥याएको काँग्रेसका जिल्ला सभापति रामदेव साहले बताए ।
- कार्यक्रममा उद्घोषण गरिरहेका काँग्रेस सप्तरीका सचिव सनत मण्डलले आफूलाई आसनग्रहण नगराएको भन्दै उनले तोडफोड गरेपछि कार्यक्रम केही बेर रोकिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया