दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
राजविराज–छिन्नमस्ता सडक खण्डको मर्मत कार्य यथासिघ्र सम्पन्न गर्न माग गर्दै बुधबार छिन्नमस्ता गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरु सडकमै धर्ना बसेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ कोचाबखारी सडक खण्डमा बिहान १० बजेदेखी १२ बजेसम्म बीच सडकमै उनीहरु धर्ना बसेका हुन् ।
“छिन्नमस्ता मन्दिर सम्म जाने मूल सडकको विषयमा मेयरसँग संवाद कार्यक्रम”को आयोजना गरी दुई घण्टा बीच सडकमै धर्ना दिनुका साथै बहस समेत चलाइएको थियो ।
धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्ष, सवारीचालकका साथै भक्तजन र स्थानीयवासी समेत सहभागि थिए ।
मुलुककै प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिर पुग्ने बाटो विगत दुई वर्षदेखी ठाउँ ठाउँमा भत्किएर लथालिङ छ । भारतीय दर्शानार्थीहरु समेत ठूलो संख्यामा आउने छिन्नमस्ता मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि जीर्ण बाटोका कारण यात्रुले सास्ती खेप्नु परिहेको छ ।
राजविराजबाट १० किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटो ठाउँ ठाउँमा खाल्डा खुल्डीका कारण पानी जमेर पोखरी बनेपछि थप समस्या भएको स्थानीयहरुको भनाई छ ।
बाटो बिग्रेका कारण १० किलोमिटरको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेको छ । बाटो ठिक रहँदा ३० रुँपैया भाडा लाग्ने ठाउँमा अहिले ७० रुँपैया तिरेर यात्रा र सास्ती खेप्नु परेको भन्दै स्थानीयले अविलम्ब उक्त जीर्ण सडक मर्मत सम्भार गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उक्त सडक मर्मतको माग गर्दै आफूहरु गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौं पुगेर मन्त्रीदेखी प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको सुनाए ।
हिन्दुहरुको महान चाड वडा दशैं आउन झण्डै डेढ महिना बाँकी रहँदा समेत बाटो जीर्ण छन् । दशैंमा छिन्नमस्ता मन्दिरमा ठूलो भिड लाग्ने गर्दछ । यस अवस्थामा मन्दिर आवतजावत गर्ने एक मात्र यही मार्ग रहेकोले सडक निर्माण कार्य जतिसक्दो चाडो सम्पन्न गराउनेतर्फ स्थानीयहरुको माग समेत रहेको छ ।
सडक मर्मतको माग गर्दै सडकमै धर्ना बसे गाउँपालिका अध्यक्ष
सारांश
- “छिन्नमस्ता मन्दिर सम्म जाने मूल सडकको विषयमा मेयरसँग संवाद कार्यक्रम”को आयोजना गरी दुई घण्टा बीच सडकमै धर्ना दिनुका साथै बहस समेत चलाइएको थियो ।
- धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्ष, सवारीचालकका साथै भक्तजन र स्थानीयवासी समेत सहभागि थिए ।
- मुलुककै प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिर पुग्ने बाटो विगत दुई वर्षदेखी ठाउँ ठाउँमा भत्किएर लथालिङ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया