दैनिक समाचारदाता
राजविराज, २ माघ ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा परिवर्तन भएको छ । यसअघि सो जिम्मेवारी सम्हालेका डा. रन्जित झाको स्थानमा डा. दिलिप कुमार साहलाई जिम्मेवारी दिइएको छ ।
डा. साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारी दिएपछि आइतबार पदस्थापन कार्यक्रम सम्पन्न गरिएको छ ।
आयोजित पदस्थापन कार्यक्रममा निमित्त मेसु डा. साहलाई बधाई दिँदै डा. झाले आफ्नो कार्यकालमा अस्पतालमा भएका सुधारलाई अझै सुधार होस् भन्ने शुभकामना दिएका छन् ।
पदभार ग्रहण गर्दै निमित्त मेसु डा. साहले आफूले डा. झाद्वारा सुरुवात गरिएका राम्रा कामहरुलाई निरन्तरता दिँदै अगामी दिनमा अस्पतालको सेवा अझै स्तरिय र सर्वसुलभ बनाउने प्रतिबद्धता समेत जनाए ।
यसैबीच निमित्त मेसुबाट पदमुक्त भएपछि डा. झाले आफ्नो १९ महिने कार्यकालमा गरेका २७ उपलब्धीहरुको विवरण समेत प्रस्तुत गरेका छन् । मेसुको जिम्मेवारी पाएका डा. साह यसअघि २०७२ चैत १५ गतेदेखि २०७४ वैशाख १९ गतेसम्म सोही अस्पतालमा निमित्त मेसुको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले आफ्नो कार्यकालमा अस्पतालमा ५० केविबाट ३ सय केविको ट्रान्सफरमर जडान, वर्षैदेखी रिक्त रहेको दरबन्दीमा पदपूर्ती, इमरजेन्सी विभागको माथिल्लो तल्लामा २५ शैयाको एचडियु सेवाको सुरुवात, कुुरुवा घरको निर्माण, १ सय १८ स्लाइसको सिटि स्क्यान जडान, युसिजि सेवाको संचालन, १५ वटा भेन्टिलेटरसहितको १५ शैयाको आइसियु सेवा संचालन, प्रति दिन २ सय ७० सिलिण्डर भर्न सकिने अक्सिजन प्लान्टको स्थापना, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सम्वन्धन कार्य सम्पन्न लगायतका महत्वपूर्ण काम गरिएको बताए ।
डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
१. जनसहयोगबाट ग्राभेल सडक निर्माण कार्य सुरु तथा सम्पन्न
२. ५० केभी ट्रान्सफर्मरबाट ३ सय केभीको ट्रान्सफर्मरमा बढोत्तरी
३. वर्षाैदेखि विभिन्न रिक्त दरबन्दीहरुमा पदपूर्ति,
४. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालयको अधुरा भवन निर्माण कार्य सम्पन्न र कार्यालय सञ्चालन,
५. इमरजेन्सीमाथि एचडियू भवन निर्माण तथा २५ शैय्याको एचडियू सेवा सुरु,
६. कुरुवा घरको निर्माण,
७. रेकर्ड शाखाका लागि भवन निर्माण,
८. गाइनो र ओबीएस भवन निर्माण
९. शव गृहको रोकिएको काम सम्पन्न,
१०. १ सय २८ स्लाइस सिटी स्क्यानको जडान तथा सञ्चालन,
११. ९ महिनादेखि रोकिएको यूएसजी सेवा पुनः सञ्चालन,
१२. १५ वटा भेन्टिलेटर सहितको १५ शैय्याको आइसीयू सेवा स्थापना,
१३. ४ वटा भेन्टिलेटर सहितको १० शैय्याको एनआइसीयू स्थापना,
१४. क्यान्टिन भवन निर्माण,
१५. जिआइजेडको सहयोगमा फोहोर विसर्जनको व्यवस्थाकालागि भवन निर्माण,
१६. ५० केजीको वासिङ मेसिन तथा एडभान्स अटोकलेभ मेसिन जडान,
१७. २७० सिलिण्डर प्रति दिन भर्नसक्ने अक्सिजन प्लान्ट र वैकल्पिक लिक्यूड प्लान्टको जडान र सञ्चालन,
१८. २ सय बढी सिलिण्डर र ५० बढी अक्सिजन कन्सनट्रेटरको व्यवस्थापन,
१९. कोरोना व्यवस्थापन गर्न साईकृष्णा अस्पतालबाट १ सय ७८ शैय्याको आइसोलेसन वार्ड सञ्चालनमा गरेको,
२०. ओ एण्ड एम सर्भे कार्य सम्पन्न,
२१. विशेष सेवा विस्तारः
अर्थोपेडिक डिपार्टमेन्टमा प्राध्यापक, रेडिओलोजिस्ट, प्याथोलोजिस्ट, एनेस्थेसोलोजिस्ट र सर्जन १÷१ जना, एमडिजीपी, मेडिसिन र गाइनोलोजिस्ट २÷२ तथा केही मेडिकल अधिकृत ल्याउन सफल,
२२. प्रयोगशालाको स्तरोन्नतिः
थाइरोइड, भिटामिन–बी १२, भिटामिन–डि जस्ता टेष्ट गर्न सक्ष्म र कल्चर सेवा स्थापनाका लागि पहल ।
२३. ओटी आधुनिकिकरणका लागि सामानहरु तथा शव गृहका लागि चाहिने फ्रीजको बोलपत्र आह्वान गरिसकेको,
२४. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धन कार्य सम्पन्न,
२५. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ६२ विघा जग्गा लिजमा लिई भुमि पुजन कार्य सम्पन्न,
२६. कार्डिएसी भवन र ७५ शैय्याको एनेक्स भवन निर्माण कार्य सुरु,
२७. नेत्र रोग विभाग स्थापना कार्यको सुरुवात ।
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
सारांश
- डा.
- साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारी दिएपछि आइतबार पदस्थापन कार्यक्रम सम्पन्न गरिएको छ ।
- आयोजित पदस्थापन कार्यक्रममा निमित्त मेसु डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया