जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह

राजविराज राजविराज
|
मंगलबार, पौष ५, २०७९
|
|
४५ पटक हेरिएको
Shares
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह

सारांश

  •     मंगलबार राजविराजमा मलेठस्थित सहिद स्मारक स्थलमा माल्यार्पण पश्चात् संचारकर्मीहरुसित कुरा गर्दै उनले अधुरा काम पुरा गर्न र जनताको आंकाक्षा पुरा गर्न जसपाले नै मधेश प्रदेश सरकारको नेतृत्व लिनु पर्नेमा जोड समेत दिइन् ।
  •     सप्तरीको विकासका लागि नयाँ खाका तयार गरि अघि बढ्ने जनाउँदै कानुन व्यवसायी समेत रहेकी साह जनता समाजवादी पार्टी (जसपा) बाट पहिलो पल्ट मधेश प्रदेशको समानुपातिक सांसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी हुन् ।
  •       जिल्लाका सबै जनप्रतिनिधि, बुद्धिजिवि र सरोकारवालासँग गहन छलफल चलाई तयार गरिने विकास निर्माणको खाका सार्वजनिक गर्ने र सोही अनुसार प्रदेश सरकारमार्फत कार्यान्वयनमा ल्याउने उनको प्रतिबद्धता थियो ।

दैनिक समाचारदाता
राजविराज, ५ पुस ।

    मधेश प्रदेशको समानुपातिक तर्फबाट नवनिर्वाचित प्रदेशसभा सदस्य किरणकुमारी साहले मधेश प्रदेशसमा सम्मानजनक सीट ल्याएको जसपाले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने बताएकी छिन् । 
    मंगलबार राजविराजमा मलेठस्थित सहिद स्मारक स्थलमा माल्यार्पण पश्चात् संचारकर्मीहरुसित कुरा गर्दै उनले अधुरा काम पुरा गर्न र जनताको आंकाक्षा पुरा गर्न जसपाले नै मधेश प्रदेश सरकारको नेतृत्व लिनु पर्नेमा जोड समेत दिइन् ।
    सप्तरीको विकासका लागि नयाँ खाका तयार गरि अघि बढ्ने जनाउँदै कानुन व्यवसायी समेत रहेकी साह जनता समाजवादी पार्टी (जसपा) बाट पहिलो पल्ट मधेश प्रदेशको समानुपातिक सांसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी हुन् । 
    जिल्लाका सबै जनप्रतिनिधि, बुद्धिजिवि र सरोकारवालासँग गहन छलफल चलाई तयार गरिने विकास निर्माणको खाका सार्वजनिक गर्ने र सोही अनुसार प्रदेश सरकारमार्फत कार्यान्वयनमा ल्याउने उनको प्रतिबद्धता थियो । 
    जिल्लाको विभिन्न सडक स्तरोन्नती, शिक्षा, स्वास्थ्य, पर्यटनको विकास आफ्नो पहिलो प्राथमिकतामा पर्ने उनले बताइन् । जिल्लाको एकीकृक विकासका लागि सबै जनप्रतिनिधि एक भएर अघि बढ्न सके आफूले बनाउन लागेको खाकाले सार्थकता पाउने उनको विश्वास छ । 
    राजविराज नगरपालिका क्षेत्रका ५ हजार भन्दा बढी परिवार वर्षौदेखी जग्गा रोक्का, फुकुवा र नक्सा पास नहुँदा समस्या परेका बेला बैंकमा धितो राखी ऋण नपाएर बिचल्लीमा परेको खबर बारे जिज्ञासा राख्दा उनले यो विषय र अवस्था निकै दुःखद भएको बताइन् । उनले यस बारे प्रदेशसभामा जोडदार रुपमा आवाज उठाएर छिटै समाधानको प्रयास गर्ने समेत जानकारी दिइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव