प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि

सारांश

  •     नेपाल कायस्थ महासंघको प्रथम राष्ट्रिय महाधिवेशन एवं वार्षिक साधारण सभाको शुक्रवार राजविराजमा उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
  •       प्रधानमन्त्री प्रचण्डले पहिले पनि उथल पुथलका कुरा गर्नुहुन्थ्यो, उनले भने “हिजो पनि यस्तै कुरा गरेर राजनैतिक अन्यौलता सिर्जना गर्ने काम भएको छ ।
  • ”     नेपालमा शासन प्रणाली र पात्र फेरिने प्रयोग आवश्यक्ता भन्दा बढी भईरहेको भन्दै उनले अब प्रयोग भन्दा पनि जनताको मुल समस्या समाधानमा सबै लाग्नु पर्ने जीकीर गरे ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र नीधीले प्रधानमन्त्री प्रचण्डले उथलपुथलका कुरा भन्दा पनि जनताको समस्या र देशको विकासका कुरा बढी गर्नु पर्नेमा जोड दिएका छन् । 
    नेपाल कायस्थ महासंघको प्रथम राष्ट्रिय महाधिवेशन एवं वार्षिक साधारण सभाको शुक्रवार राजविराजमा उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् । 
    प्रधानमन्त्री प्रचण्डले पहिले पनि उथल पुथलका कुरा गर्नुहुन्थ्यो, उनले भने “हिजो पनि यस्तै कुरा गरेर राजनैतिक अन्यौलता सिर्जना गर्ने काम भएको छ ।”
    नेपालमा शासन प्रणाली र पात्र फेरिने प्रयोग आवश्यक्ता भन्दा बढी भईरहेको भन्दै उनले अब प्रयोग भन्दा पनि जनताको मुल समस्या समाधानमा सबै लाग्नु पर्ने जीकीर गरे । 
    अर्काे प्रसङ्गमा उनले अल्पसंख्यकको रुपमा रहे पनि कायश्थ जातीको मुलुकको हरेक क्षेत्रमा योगदान रहेको चर्चा गर्दै उनले राजनीतिक दलका हिसावले विभिन्न ठाउँमा विभक्त रहेर पनि जातिय उत्थान र समाजिक उत्थानका लागी कायश्थ समुदाय एकिकृत भई अघि बढ्नु पर्नेमा जोड दिए । 
    उनले जातीय संस्कृतिको जर्गेना सहित समाजिक विकासमा अझ एकताबद्ध भई लाग्न कायश्थ समुदायका अगुवालाई आग्रह समेत गरे । 
    सो अवसरमा उनले नेपाल कायश्थ महासंघको मुख–पत्रको रुपमा प्रकाशन गरिएको “कायश्थ स्मारिका २०८०” को विमोचन समेत गरे । यस्तै महासंघको वेवसाइटको समेत उनले शुभारम्भ गरे । 
    कार्यक्रममा कायश्थ जातिको उत्थानका लागी योगदान पु¥याउने विभिन्न ब्यक्तीत्वहरुलाई प्रमुख अथिती निधीले मिथिला पाग, दोसल्ला र कदरपत्रबाट सम्मान गरेका थिए । 
    कार्यक्रममा महासचिव शिवचन्द्र लालले साँगठनीक तथा कोषाध्यक्ष सन्तोष किशोर लाभले कोषाध्यक्षीय प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    नेपाल कायस्थ महासंघका अध्यक्ष एवं सर्वाेच्च अदालतका पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष आनन्द मोहन लाल दास, सर्वोच्च अदालतका पूर्व न्यायधिश कमल नारायण दास, महासंघको काठमाण्डौ जिल्ला अध्यक्ष संतोष किशोर लाभ, कायस्थ स्मारिका २०८० का मुख्य सम्पादक राजेश कुमार झा, राजर्षी विश्व विद्यालयका उपकुलपति डा.शैलेन्द्र नारायण मल्लिक, डा.गौरी शंकर लाल दास लगायतले पनि शुभकामना दिदै जातिय उत्थान संगै कायस्थ समाजको कला, कौशल तथा साँस्कृतिक विरासत जोगाउँदै सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । 
    राष्ट्रिय गान र भगवान चित्रगुप्तको स्तृति गानबाट सूरु भएको कार्यक्रममा चित्रगुप्त सेवा समिति राजविराजका सदस्य दिलिप कुमार दासले अथितिहरुको स्वागत गरेका थिए । 
    महाधिवेशन एवं वार्षिक साधारणसभामा कायस्थ जातिको जातिय संस्था चित्रगुप्त सेवा समितिका समेत देशभरका प्रतिनिधीहरुको सहभागिता छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?