दैनिक समाचारदाता
दोलखा, २९ माघ ।
आर्थिक अभावका कारण विभिन्न रोग पालेर घरमै बस्न बाध्य ३ सय ५० भन्दा बढी गरिब असहाय समुदायका विरामीले आईतवार आफ्नै गामठाममा आएका चिकित्सकको टोलीबाट निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् ।
महाराजगंज शिक्षण अस्पतालका नेपाल मेडिकल स्टुडेन्ट सोसाईटी र हेल्थ अवरनेस इनसिएटिभ वाई मेडिकल स्टुडेन्टको संयुक्त आयोजनामा संचालित एक दिने निःशुल्क स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन ।
दोलखाको सेलुङ्ग गाउँपालिकामा संचालित शिवीरमा शिक्षण अस्प्तालका डा.गणेश तिवारी,डा.भुवन गिरिका साथै मेडिकल अफिसर, रेसिडेन्स चिकित्सक तथा शिक्षण अस्पतालका विद्यार्थी सहितको टालीले स्वास्थ्य सेवा प्रदान गरेको नेपाल मेडिकल स्टुडेण्ड सोसाईटिका सदस्य अभिजित माझीले जानकारी दिए ।
शिवीरमा स्त्री रोग, हाडजोर्नी, नशारोग, बाल रोग, दन्त रोग लगायतका विरामीको उपचार गरिएको छ । शिवीरमा जचाउन आएका विरामीहरुलाई स्वास्थ्य परिक्षणका साथै औषधी समेत निःशुल्क उपलब्ध गराइएको नेपाल मेडिकल स्टुडेन्ट सोसाईटिले जनाएको छ ।
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
सारांश
- महाराजगंज शिक्षण अस्पतालका नेपाल मेडिकल स्टुडेन्ट सोसाईटी र हेल्थ अवरनेस इनसिएटिभ वाई मेडिकल स्टुडेन्टको संयुक्त आयोजनामा संचालित एक दिने निःशुल्क स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन ।
- दोलखाको सेलुङ्ग गाउँपालिकामा संचालित शिवीरमा शिक्षण अस्प्तालका डा.
- गणेश तिवारी,डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया