दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
आफ्नै बुबाको कुटपिट गरी हत्या गरि फरार रहेका छोरा र श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पारिवारिक विवादका क्रममा आइतबार राति पअत्याधिक मदिरा सेवन गरि आएका नहिम पमरियाले कुटपिट गर्दा ६२ वर्षीय उनका बुबा मो. गफुर पमरियाको मृत्यु भएको थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।
पक्राउ परेका आमा र छोरा मिलेर कुटपिट गरेको र सोही कारणले गफुरको मृत्यु भएको गाउँलेहरूले बताएका छन् ।
अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाई छ । यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बुबाको हत्या गरि फरार आमाछोरा पक्राउ
सारांश
- सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
- पारिवारिक विवादका क्रममा आइतबार राति पअत्याधिक मदिरा सेवन गरि आएका नहिम पमरियाले कुटपिट गर्दा ६२ वर्षीय उनका बुबा मो.
- गफुर पमरियाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया