दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
सप्तरी सदरमुकाम राजविराजमा एक विद्यार्थी कोरोना संक्रमित भएका छन् ।
जिल्लामा तीन महिना यता कोरोना संक्रमितको संख्या शुन्य रहेकोमा पछिल्लो पटक बिहीबार राजविराज २ निवासी २१ वर्षिय विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
ती विद्यार्थीको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
पोखरास्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत उनी एक साताअघि होली मनाउन घर आएका थिए । उच्च ज्वरोसँगै रुघा, खोकी लागेपछि शंका लागेर स्वाव परिक्षण गराउँदा संक्रमण पुष्टि भएका उनलाई होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
लामो समयपछि जिल्लामा कोरोना संक्रमित देखिएपछि स्थानियमा पुन: त्रास फैलिएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले कोरोना संक्रमणबाट जोगिन न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गर्न सबैमा आग्रह गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले सबैलाई सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
महामारीको दोश्रो लहर भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखि अहिले जिल्ला भित्रिने तिलाठी–कुनौली नाकामा हेल्प र हेल्थ दुबै डेस्कको स्थापना गरि हरेक व्यक्तिको स्वास्थ्य जाँच्ने काम प्रभावकारी ढंगले सुरु गरिएको उनले जानकारी समेत दिए ।
कोरोना संक्रमित शुन्य रहेको सप्तरीमा एक विद्यार्थी संक्रमित
सारांश
- जिल्लामा तीन महिना यता कोरोना संक्रमितको संख्या शुन्य रहेकोमा पछिल्लो पटक बिहीबार राजविराज २ निवासी २१ वर्षिय विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
- ती विद्यार्थीको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- पोखरास्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत उनी एक साताअघि होली मनाउन घर आएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया