चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 

राजविराज राजविराज
|
बिहिबार, जेठ ५, २०७९
|
|
३० पटक हेरिएको
Shares
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 

सारांश

  •     जिल्लाको सुरुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेकी गिता चौधरी उक्त पदमा निर्वाचित भएकी हुन् ।
  •       कुल १८ स्थानीय तह रहेको सप्तरीमा नेकपा एमालेले तिलाठी कोईलाठी गाउँपालिकामा मिना कुमारी राम, जनमत पार्टीले राजविराज नगरपालिकामा ममता झा र काँग्रेसले सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा गिता चौधरीलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो ।
  • त्यस मध्ये विजय हासिल गर्ने गिता चौधरी एक मात्र महिला हुन् ।

दैनिक समाचारदाता
राजविराज,  ५ जेठ । 
    चार दशकपछि सप्तरीमा यस पटक स्थानिय तहमा एक महिला प्रमुख पदमा निर्वाचित भएकी छिन् । 
    जिल्लाको सुरुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेकी गिता चौधरी उक्त पदमा निर्वाचित भएकी हुन् । 
    कुल १८ स्थानीय तह रहेको सप्तरीमा नेकपा एमालेले तिलाठी कोईलाठी गाउँपालिकामा मिना कुमारी राम, जनमत पार्टीले राजविराज नगरपालिकामा ममता झा र काँग्रेसले सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा गिता चौधरीलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । त्यस मध्ये विजय हासिल गर्ने गिता चौधरी एक मात्र महिला हुन् । 
    विहीवार घोषित परिणाम अनुसार गिताले निकटतम प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीका रामनारायण चौधरीलाई ३ हजार ७५ मतको फराकिलो अन्तरले पराजित गर्दै नगर प्रमुख पदमा जित हासिल गरिन् । 
    गिताले ७ हजार २ सय ९२ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी रामनारायणले ४ हजार २ सय १७ मत मात्र प्राप्त गरे । उप प्रमुखमा काँग्रेसकै रुद्र बहादुर कार्की निर्वाचीत भएका छन् । कार्कीले ६ हजार २ सय ७५ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीकी सुनिता मुखीयाले ३ हजार ९ सय ९८ मत मात्र प्राप्त गरेकी छिन् । 
    यस अघि सप्तरीमा पंचायती व्यवस्थाको समाप्तीपछि कुनै पनि स्थानीय तहमा महिला नेतृत्व थिएन । २०३६ साल पंचायतकालमा तत्कालिन पकरी गाउँपंचायतमा दुर्गा देवी थापा निविरोध प्रधान पंचमा निर्वाचित भएकी थिइन । त्यस पछि हाल सम्म कुनै पनि पालिकामा महिलाले नेतृत्वको अवसर पाएको थिएन । ३४ वर्षिया गिता विद्यार्थीकालदेखि नै राजनीतिमा लागेको बताउँछिन । 
    प्रजातान्त्रिक मुल्य मान्यतालाई स्थापित, नगरको सर्वागिंण विकास तथा राजनीतीमा महिला सहभागिता बढाउन आफु जनतामा गएको र जनताबाट अपार सर्मथन पाएकोमा निकै खुशी लागेको उनी बताउँछिन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन व्यवसायी कारवाहीमा
तीन व्यवसायी कारवाहीमा
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती