तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३० पटक हेरिएको
Shares
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 

सारांश

  •     स्थानीय नयनी यादवको घर नजिक बालेको परालको घुरबाट सल्केको आगोले नयनीको दुई घरसहित चार जनाको घर जलेर नष्ट हुँदा करिब ३३ लाख ७० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  • आगलागिमा ७ तोला सुन र २ किलो चाँदी र चार वटा चौपाय समेत जलेर मरेका छन् ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार आगलागिमा नयनि यादव, गोकर्ण मुखिया र लखन मुखियाको घर जलेर नष्ट भएको हो ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 

   सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा आइतबार राती भिषण आगलागि भएको छ । 
    स्थानीय नयनी यादवको घर नजिक बालेको परालको घुरबाट सल्केको आगोले नयनीको दुई घरसहित चार जनाको घर जलेर नष्ट हुँदा करिब ३३ लाख ७० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागिमा ७ तोला सुन र २ किलो चाँदी र चार वटा चौपाय समेत जलेर मरेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार आगलागिमा नयनि यादव, गोकर्ण मुखिया र लखन मुखियाको घर जलेर नष्ट भएको हो । 
    नयनीको घरसहित खाद्यान, लत्ताकपडा, भाडा वर्तन सुन चाँदी लगायत गरि ११ लाख ३३ हजार, गोकर्ण मुखियाको घरसहित खाद्यान, लत्ताकपडा, भाडा वर्तन सुन चाँदी, चौपाया लगायत गरि २० लाख ३५ हजार र लखन मुखियाको खाद्यान, लत्ताकपडा, भाडा वर्तन, चौपाया लगायत गरि २ लाख २ हजार गरि ३३ लाख ७० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    प्रहरी चौकी तिलाठी, सस्शत्र प्रहरी, राजविराज र हनुमाननगर कंकालिनिको बारुणयन्त्र तथा स्थानियबासिको सहयोगमा दुई घण्टा पश्चात् आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?