जितिया पर्वको अवसरमा शुभकामना आदान प्रदान 

राजविराज राजविराज
|
आइतबार, आश्विन १४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
जितिया पर्वको अवसरमा शुभकामना आदान प्रदान 

सारांश

  •     जनता समाजवादी पार्टी नेपाल सप्तरी निकट समाजवादी महिला संघको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महिलाहरूले नाचगान तथा जितिया पर्वको विधि विधान र महत्व बारे चर्चा परिचर्चा गरेका थिए ।
  •       उक्त अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादबले जितिया पर्वको अवसरमा मैथिल संस्कृति पर्व मध्येको एउटा मुख्य पर्व जितिया रहेकोले सन्तानको सुखशान्ति र चिरायुका लागि कामना गर्दै शुभकामना दिए ।
  •     यसैगरी मधेश प्रदेशका निवर्तमान उपसभामुख उपमा देवले जितिया पर्व नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको बताईन ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।

    मधेशमा मनाइने जितियाको अवसर पारेर राजबिराजमा आइतबार शुभकामना आदान प्रदानको कार्यक्रमको आयोजना गरिएको छ । 
    जनता समाजवादी पार्टी नेपाल सप्तरी निकट समाजवादी महिला संघको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महिलाहरूले नाचगान तथा जितिया पर्वको विधि विधान र महत्व बारे चर्चा परिचर्चा गरेका थिए । 
    उक्त अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादबले जितिया पर्वको अवसरमा मैथिल संस्कृति पर्व मध्येको एउटा मुख्य पर्व जितिया रहेकोले सन्तानको सुखशान्ति र चिरायुका लागि कामना गर्दै शुभकामना दिए ।
    यसैगरी मधेश प्रदेशका निवर्तमान उपसभामुख उपमा देवले जितिया पर्व नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको बताईन ।
    मधेशको पौराणिक महत्वको पर्व असोज कृष्णपक्ष शुरु हुनासाथै पुत्रवती महिलाहरुले जितियाको चर्चा र तयारी थालेका हुन् । 
    समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा सप्तरी अध्यक्ष केदार यादब, बोदेबरसाईन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, राजगढ गाउपालिका उपाध्यक्ष रेणु मण्डल, मैथली अभियानी करूणा झा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
    कृष्णपक्ष शुरु हुनासाथै व्रतालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो परम्परा हो । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरीको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।
    सप्तमी तिथिकै दिन दिवङ्गत भएका महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ ।
    शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ । सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् ।
    जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार व्रत बस्ने गरिन्छ । नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ ।
    यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।
    सन्तानको दीर्घायु तथा सुख समृद्धिका लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्व छ । ठूलो दुर्घटना वा कुनै विपद्बाट जोगिएपछि यहाँ उखान नै छ– तोहर माय खर जितिया कैने छलौ तें बाँची गेले । अर्थात् तिम्रो आमा जितिया व्रत बसेकी थिइन; त्यसैले तिम्रो ज्यान जोगियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
फरार १३ जना प्रतिवादी पक्राउ 
फरार १३ जना प्रतिवादी पक्राउ 
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण