दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरिएको छ ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार सम्पन्न संस्थागत विद्यालयहरुको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेको हो ।
संस्थागत विद्यालयहरुले विद्यार्थीहरुबाट लिने शुल्कमा पनि एकरुपता कायम गर्ने तथा विभिन्न परीक्षाहरु समेत एकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
संस्थागत विद्यालयहरुले लिने शुल्कमा विभिन्नता भएकोले अभिभावकले ब्यहोर्न सक्ने र विद्यालय समेत मारमा नपर्ने गरी शुल्क निर्धारण गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको छ ।
सो समितिले सबै विद्यालयमा एकरुपता कायम गर्न नर्सरीदेखि १० कक्षासम्मको पाठ्यपुस्तक सम्बन्धमा अध्ययन गरी सूचीतयार गर्ने र त्यसमाथि वृहत छलफल गरी निर्णय गरिने शिक्षा शाखा प्रमुख राजेश कुमार झाले जानकारी दिए ।
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
सारांश
- गाउँपालिकाको शिक्षा शाखा प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार सम्पन्न संस्थागत विद्यालयहरुको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेको हो ।
- संस्थागत विद्यालयहरुले विद्यार्थीहरुबाट लिने शुल्कमा पनि एकरुपता कायम गर्ने तथा विभिन्न परीक्षाहरु समेत एकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
- संस्थागत विद्यालयहरुले लिने शुल्कमा विभिन्नता भएकोले अभिभावकले ब्यहोर्न सक्ने र विद्यालय समेत मारमा नपर्ने गरी शुल्क निर्धारण गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया