जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन

राजविराज राजविराज
|
बुधबार, बैशाख १३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन

सारांश

  •     मंगलबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार उनी ५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् ।
  •       ल्यस्उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत ल्याएका थिए भने निर्वाचित भएका यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरे ।
  •       यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले १ सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । 
    मंगलबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार उनी ५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् । 
    ल्यस्उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत ल्याएका थिए भने निर्वाचित भएका यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरे । 
    यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले १ सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाएका थिए ।
    बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए ।
    बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । 
खुशियालीमा दिप प्रज्जवलन
    जनता समाजवादी पार्टीका राष्ट्रिय अधयक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट निर्वाचित भएपछि सप्तरीमा खुशियाली मनाइएको छ । 
    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा  सप्तरी क्षेत्र नं. २ बाट चुनाव लडी पराजित भएका उनी  पछिल्लो पटक बाराको क्षेत्र नं. २ बाट उपनिर्वाचनमा निर्वाचित भएपछि उनका समर्थकले बुधबार राजविराजमा दिप प्रज्जवलन गरि खुशियाली मनाएका हुन् । 
    जसपा जिल्ला समन्वय समितिको आयोजनामा बिजयी जुलुस तथा स्थानिय गजेन्द्र चौकमा दिप प्रज्जवलन गरिएको छ । दिप प्रज्ववलनमा जसपा नेता एवं राष्टिूय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका पूर्वउपसभामुख उपमा देव, महिला नेतृ एवं प्रदेशसभा सदस्य किरण कुमारी साह, जिल्ला अध्यक्ष केदार यादव, युवा नेता किशोर यादव, महिला नेतृ रमिलादेवी साह लगायत उल्लेख्य संख्यामा जसपाका नेता कार्यकर्ता सहभागि भए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
छठ पूजाका लागि सफाई गरिएको  जलाशयहरुमा पुनः फोहर 
छठ पूजाका लागि सफाई गरिएको  जलाशयहरुमा पुनः फोहर 
बरख गणद्वारा न्यानो कपडा वितरण
बरख गणद्वारा न्यानो कपडा वितरण
कोशीमा महिलाको शव फेला
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस
तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस