दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
सप्तरीमा मंगलबारराती प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । सोही क्रममा तस्करको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् ।
राजविराज नगरपालिका १३ मुसहरनियाँ सडकखण्डमा मंगलबार राती तस्बरहरुले भन्सार छलेर चार÷पाँच वटा मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको सरसामान नियन्त्रणमा तथा तस्करहरुलाई ८पक्राउ गर्न खोज्दा तस्कर समूह र प्रहरीबीच झडप भएको हो ।
मुसहरनियाँस्थित नहर सडकखण्ड हुँदै भारतबाट भन्सार छलेर तस्करहरुले विभिन्न सामाग्रि भित्राउने गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो ।
सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार प्रहरीले पक्राउ गरेका सात÷आठ जना तस्करहरुलाई छुटाउन स्थानिय केही व्यक्ति समेत मिलेर प्रहरीमाथी घरेलु हतियारले आक्रमण सुरु गरेका थिए । सो क्रममा प्रहरी हवलदार कमलदेव यादव र प्रहरी जवान दिपेन्द्र साह घाइते भएका छन् । दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीमाथी आक्रमण हुन थालेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाइएको र सुरक्षाका लागि चार राउण्ड हवाई फायर गरिएपछि तस्करहरु फरार भएको प्रहरी उपरिक्षक धमलाले बताए ।
घटनास्थलबाट प्रहरीले तस्करहरुले प्रयोग गरेका मध्येका एक जनाको मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तस्करलाई छाडिदिन जम्मा भएका स्थानियले चर्को दबाब दिएका थिए । तर प्रहरीले नमानेपछि केही स्थानिय र तस्करहरु मिलेर आक्रमण सुरु गरेको प्रहरीको भनाई छ ।
यता प्रहरी उपरिक्षक धमलाले घटनामा संलग्न अपराधिहरुको व्यापक रुपमा खोजिकार्य भइरहेको जानकारी दिएका छन् ।
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
सारांश
- राजविराज नगरपालिका १३ मुसहरनियाँ सडकखण्डमा मंगलबार राती तस्बरहरुले भन्सार छलेर चार÷पाँच वटा मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको सरसामान नियन्त्रणमा तथा तस्करहरुलाई ८पक्राउ गर्न खोज्दा तस्कर समूह र प्रहरीबीच झडप भएको हो ।
- मुसहरनियाँस्थित नहर सडकखण्ड हुँदै भारतबाट भन्सार छलेर तस्करहरुले विभिन्न सामाग्रि भित्राउने गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो ।
- सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार प्रहरीले पक्राउ गरेका सात÷आठ जना तस्करहरुलाई छुटाउन स्थानिय केही व्यक्ति समेत मिलेर प्रहरीमाथी घरेलु हतियारले आक्रमण सुरु गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया