सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •     बहुमत पदाधिकारीद्वारा लगाइएको ताला बिहिबार केही खेलाडीहरुले तोडेको ५ मिनेट नबित्दै पुनः अर्को ताला लगाएको छ ।
  • गत जेठ ७ गतेदेखी लगाइएको तालाका कारण खेलकुद गतिविधि र दैनिकी कामकाज ठप्प भएको छ ।
  •       आगामी १ नोभेम्बर देखि नेपालमा हुने १३ आंै दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्ने क्रममा रहेका भारोतोलका खेलाडीहरुले अभ्यासका लागी चाहिने केही आवश्यक सामग्रीहरु तालाबन्दीका कारण निकाल्न नसकिएको तथा आफुहरुको अभ्यास प्रभावित भएको भन्दै विहान ९ बजे ताला फोडेका थिए ।

दैनिक समाचारदाता
राजबिराज, ९ असोज । 
    राजविराजस्थित जिल्ला खेकुद विकास समितिमा १६ हप्तादेखी लगाइएको ताला बिहीबार भारोत्तोलनका खेलाडीहरुले फुटाए लगत्तै पुनः अर्को ताला लगाइएको छ । 
    बहुमत पदाधिकारीद्वारा लगाइएको ताला बिहिबार केही खेलाडीहरुले तोडेको ५ मिनेट नबित्दै पुनः अर्को ताला लगाएको छ । गत जेठ ७ गतेदेखी लगाइएको तालाका कारण खेलकुद गतिविधि र दैनिकी कामकाज ठप्प भएको छ । 
    आगामी १ नोभेम्बर देखि नेपालमा हुने १३ आंै दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्ने क्रममा रहेका भारोतोलका खेलाडीहरुले अभ्यासका लागी चाहिने केही आवश्यक सामग्रीहरु तालाबन्दीका कारण निकाल्न नसकिएको तथा आफुहरुको अभ्यास प्रभावित भएको भन्दै विहान ९ बजे ताला फोडेका थिए । 
    असन्तुष्ट समुहका नेतृत्व कर्ता समितिका उपाध्यक्ष धिरेन्द्र बर्माले आफुहरुले खेलाडीहरुको अभ्यासलाई प्रभावित पार्ने कुनै मनसाय नरहेपनि सरकारकोे उदासिन्ताले समस्या लम्बिदै गएको गुनासो पोखे । 


    उपाध्यक्ष बर्माकै नेतृत्वमा समितिका अध्यक्ष अमर खबास बाहेक बाँकी सबै ९ जना पदाधिकारी मिलेर गत ७ जेठ देखि समितिको मुल गेटमै तालाबन्दी गरेका हुन । 
    आ.ब. २०७१÷२०७२ देखि हाल सम्मको आय व्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालन गर्नुपर्ने लगायतका माग राखी तालाबन्दी गरिएको हो । 
    समितिकका सबै पदाधिकारी नेकपाकै हुँदा हुँदै दुई गुटमा विभाजित भएपछि भएको तालाबन्दी खुलाउन कसैले पहल नगर्दा खेलकुद गतिविधि ठप्प भएको छ । यता नेकपा जिल्ला र प्रदेश कमिटी समेतले जिल्लास्थित खेलकुद कार्यालयको समस्याप्रति कुनै चासो नदेखाउनुले सबै आश्चर्यचकित भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?