दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता मंगलबारदेखी सुरु भएको छ ।
मधवापुर खेल मैदानमा मंगलबार भएको उदघाटन खेलमा कंचनपुर र छिन्नमस्ता बिजयी भएका छन ।
सम्पन्न पहिलो खेलमा हनुमानगर रेड टिमलाई ६ बिकेटले पराजित गर्दै कंचनपुर क्रिकेट टिमले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर ६ बिकेटमा सो जित हात पारेको हो ।
कंचनपुरका अभिषेक गौतम ५२, मदन चौधरी तथा उमेश चौधरीले अविजित खेल्दै १५ रन बनाएका थिए । टस जितेर हनुमानगरले १६ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ७ रनको योगफल खडा गरेको थियो । जसमा सनत खड्गा ३० रन, प्रज्जवल झा २७ रन जोडेका थिए ।
बलिंग तर्फ कंचनपुरका असलम शेख र अभिषेक गौतम ३÷३ बिकेट र उमेश चौधरी तथा मुकेश सिँहले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि प्लेयर अभिषेक गौतम घोषित भए ।
यसैगरी दोस्रो खेलमा रूपनीलाई ९ बिकेटले पराजित गर्दै छिन्नमस्ता गाउपालिका बिजयी भएको छ । रूपनीले दिएको ५८ रनको लक्ष्य लिएका छिन्नमस्ताले १ बिकेट गुमाएर हासिल ग¥यो ।
जसमा दयानन्द अमात्यले २७ रन अविजित र फिर्दाेस अन्सारीले २० रन बनाएका थिए । उक्त खेलमा उत्कृष्ट बलिंग गर्दै रूपनीका ७ वटा खेलाडीलाई आउट गरेका छिन्नमस्ताका फिर्दाेस अन्सारी म्यान अफ द प्लेयर घोषित भए ।
हनुमानगर मेयर कपमा कंचनपुर र छिन्नमस्ता बिजयी
सारांश
- मधवापुर खेल मैदानमा मंगलबार भएको उदघाटन खेलमा कंचनपुर र छिन्नमस्ता बिजयी भएका छन ।
- सम्पन्न पहिलो खेलमा हनुमानगर रेड टिमलाई ६ बिकेटले पराजित गर्दै कंचनपुर क्रिकेट टिमले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर ६ बिकेटमा सो जित हात पारेको हो ।
- कंचनपुरका अभिषेक गौतम ५२, मदन चौधरी तथा उमेश चौधरीले अविजित खेल्दै १५ रन बनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया