तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 

राजविराज राजविराज
|
बुधबार, आषाढ ६, २०८०
|
|
२६ पटक हेरिएको
Shares
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 

सारांश

  •     मधेश प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको अत्याधुनिक जनस्वास्थ्य प्रयोगशालाको बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले उद्घाटन गरे ।
  •     सो अवसरमा अध्यक्ष मण्डलले निकट भविष्यमै अत्याधुनिक अल्ट्रासाउन्ड समेत सञ्चालनमा ल्याइअझ सुविधा सम्पन्न बनाउने लक्ष्य रहेको बताए ।
  •       प्रदेश सरकारले अत्याधुनिक परीक्षण उपकरणहरू उपलबध गराएपछि गाउपालिकाले आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.

दैनिक समाचारदाता
राजविराज, ६ असार ।

    सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा नं ८ तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको जनस्वास्थ्य प्रयोगशाला बुधबारदेखी संचालनमा आएको छ । 
    मधेश प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको अत्याधुनिक जनस्वास्थ्य प्रयोगशालाको बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले उद्घाटन गरे ।
    सो अवसरमा अध्यक्ष मण्डलले निकट भविष्यमै अत्याधुनिक अल्ट्रासाउन्ड समेत सञ्चालनमा ल्याइअझ सुविधा सम्पन्न बनाउने लक्ष्य रहेको बताए । 
    प्रदेश सरकारले अत्याधुनिक परीक्षण उपकरणहरू उपलबध गराएपछि गाउपालिकाले आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सन्तोषप्रसाद साहले जानकारी दिए  ।
    तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्षतथा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ७ का अध्यक्ष हरिनारायण मण्डल, स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय लक्ष्मीप्रसाद मण्डल र राधेश्याम यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश कुमार झा सहितकाले मन्तब्य ब्यक्त गरेका थिए । 
    ल्याब सेवा लिन राजविराज जानुपर्ने बाध्यता रहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा अत्याधुनिक प्रयोगशाला सञ्चालनले तिलाठी कोइलाडी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिकाका केही वडाका बासिन्दाहरु लाभान्वित हुने तोपा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब बालकुमार साहले जानकारी दिए ।
    प्रयोगशालामा न्यून शुल्कमा परीक्षणको व्यवस्था मिलाइएको प्राथमिक स्वास्थ्य केन्द्र तोपाका प्रमुख डा. सन्तोष साहले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा सरकारमा सहभागिता हुने की नहुने ?
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य