प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग

सारांश

  •     अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मैथिली साहित्य परिषदले विहिवार राजविराजमा आयोजनाको गरेको ‘मैथिली साहित्यिक गोष्ठी एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सो माग गरेका हुन् ।
  •       वक्ताहरुले सरकारी कामकाजको भाषासहित लोकसेवाको माध्यम समेत मैथिली हुनुपर्ने माँग समेत गरेका छन् ।
  •       मैथिल महासंघका अध्यक्ष विष्णु मण्डलले मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
    मैथिली भाषालाई प्रदेश नम्वर २ मा सरकारी कामकाजको भाषा बनाउनु पर्ने माँग गरिएको छ । 
    अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मैथिली साहित्य परिषदले विहिवार राजविराजमा आयोजनाको गरेको ‘मैथिली साहित्यिक गोष्ठी एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सो माग गरेका हुन् । 
    वक्ताहरुले सरकारी कामकाजको भाषासहित लोकसेवाको माध्यम समेत मैथिली हुनुपर्ने माँग समेत गरेका छन् । 
    मैथिल महासंघका अध्यक्ष विष्णु मण्डलले मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । 
    कार्यक्रममा राजनितिक विश्लेषक अमरकान्त झाले प्रारम्भिक तहमा अनिवार्य र माध्यमिक तहमा ऐच्छिक विषयको अध्ययन अध्यापन तथा मैथिली भाषीका लागि लोकसेवामा मैथिली भाषामै प्रश्न सोध्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिए । 
    कार्यक्रममा पुर्व शिक्षिका मञ्जु श्रेष्ठले मैथिली भाषाको विकास, संरक्षण र समृद्धिका लागि विद्यालयमै अनिवार्य पठन पाठनको ब्यवस्था हुनुपर्नेमा जोड दिईन् । 
    यसैगरी अवकाशप्राप्त इन्जिनियर प्रयाग यादवले पनि प्रदेश २ मा मैथिली भाषालाई कामकाजी भाषाको मान्यता दिलाउन राजनितिक दल र त्यसका नेतृत्वलाई दवाव दिनुपर्ने बताए ।  
    अधिवक्ता राजेन्द्र देव, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, साहित्यकारहरु सत्येन्द्रनाथ चौधरी, श्रीराम मण्डल, ललिता झा, रमिला साह, कञ्चन झालगायतले मैथिली भाषाको महत्वबारे मन्तव्य सहित साहित्यिक रचना वाचन गरेको परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् । 
    सोही कार्यक्रममा मैथिली अभियानी प्रा. सुरेन्द्र देवलाई मरणोपरान्त सम्मान गरिएको छ । उक्त सम्मान उनकी धर्मपत्नी नीला देवलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ