राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश

राजविराज राजविराज
|
मंगलबार, श्रावण १०, २०७९
|
|
३१ पटक हेरिएको
Shares
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश

सारांश

  •     उजुरी उपरको वहस सुनवाइ पछी मुख्य न्यायाधिश हरिप्रसाद भण्डारी र न्यायाधिश जगत बहादृुर थापाको संयुक्त इजलासद्वारा जारी आदेशमा “वडाको मतगणनादेखी मतपरिणामको घोषणा भएसम्मका सम्पुर्ण कागजातहरु सक्कलै अदालतमा पठाई दिनु भनी” जिल्ला निर्वाचन कार्यालय सप्तरीलाई आदेश दिएको उल्लेख छ ।
  •     गत जेठ १० गते एक मतले पराजित भएका अन्सारीले मतगणनामा त्रुटीपुर्ण भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र नवनिर्वाचित वडाध्यक्ष दिनेश साहलाई विपक्षी बनाई पुनः मतगणनाको मागँ सहित उच्च अदालत जनकपुर राजविराज इजलासमा उजुरी दायर गरेका थिए ।
  •       एक हजार ५ सय २२ मत खसेको उक्त वडा निर्वाचनमा जसपाको तर्फबाट उम्मेदवार रहेका दिनेश प्रसाद साह ३ सय ११ मत ल्याई निर्वाचित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० साउन । 

    राजविराज वडा नं. ४ का वडा अध्यक्ष पदमा एक मतले पराजित भएका वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार कासिम अन्सारीले मतगणना त्रृटीपुर्ण भएको भन्दै पुनः मतगणना गर्र्नु पर्ने मागसहित दायर गरेको उजुरीमाथी अदालतले निर्वाचनको मतगणना भएदेखि मतपरिणाम घोषणासम्मका सम्पुर्ण सक्कलै कागजात झिकाउने विपक्षिको नाममा आदेश गरेको छ । 
    उजुरी उपरको वहस सुनवाइ पछी मुख्य न्यायाधिश हरिप्रसाद भण्डारी र न्यायाधिश जगत बहादृुर थापाको संयुक्त इजलासद्वारा जारी आदेशमा “वडाको मतगणनादेखी मतपरिणामको घोषणा भएसम्मका सम्पुर्ण कागजातहरु सक्कलै अदालतमा पठाई दिनु भनी” जिल्ला निर्वाचन कार्यालय सप्तरीलाई आदेश दिएको उल्लेख छ ।
    गत जेठ १० गते एक मतले पराजित भएका अन्सारीले मतगणनामा त्रुटीपुर्ण भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र नवनिर्वाचित वडाध्यक्ष दिनेश साहलाई विपक्षी बनाई पुनः मतगणनाको मागँ सहित उच्च अदालत जनकपुर राजविराज इजलासमा उजुरी दायर गरेका थिए । 
    एक हजार ५ सय २२ मत खसेको उक्त वडा निर्वाचनमा जसपाको तर्फबाट उम्मेदवार रहेका दिनेश प्रसाद साह ३ सय ११ मत ल्याई निर्वाचित भएका थिए । 
    तीन सय १० मत ल्याएका अन्सारीले मतगणनामा खटिएका कर्मचारीको लापरवाहीे तथा निर्वाचित घोषित गरिएका साहका मतगणना प्रतिनीधीको अनावश्यक हस्तक्षेप र दवावमा परिणाम उलटफेर गरिएको दाबी गर्दै आएका छन् । 
    अन्सारीका तर्फबाट बरिष्ठ अधिवक्ता भानु निरौला र अधिवक्ता फुल नारायण यादव तथा विपक्षीको तर्फबाट अधिवक्ता शिव कुमार चौधरी र श्याम नारायण साहले बहस गरेका थिए । 
    जिल्ला निर्वाचन अधिकारी प्रदिप जोशीले सम्मानित अदालतको आदेश अनुसार उक्त वडाको मतगणना भईसकेको सदर र बदर मतपत्र, मुचुल्का, गणनाको ट्याली फारम लगायत सम्पुर्ण सक्कली कागजात संकलन गरी दुई साता भित्रै अदालतमा पठाउने जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?