दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनु पर्ने बताएका छन् ।
आईतवार सप्तरी सदरमुकाम राजविराजमा मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्रालद्वारा आयोजित गरिएको दुई दिने स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
मन्त्री लेखीले कानुन बनाउँदा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने कुरामा जोड दिदै एक तहले बनाउने कानुन अर्काे तहसँग बाझ्ने अवस्था नआओस भन्नका लागी पनि समन्वय आवश्यक रहेको बताए ।
मुलुकमा आएको परिर्वतन अनुसार केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरिएको बताउँदै उनले मधेश प्रदेश सरकारले हाल सम्म ६४ वटा कानुन निर्माण गरिसकेको जानकारी समेत दिए ।
मन्त्री लेखीले भने, “हामीहरुले समावेशी राज्यको कुरा गर्छौं, राज्यका हरेक निकाय समावेशी हुनु पर्र्छ, तर राज्य र सरकारमा जाने दलहरु आपैmले चरित्र र स्वरुप देखाउन सकेका छन की छैनन ? यसतर्फ पनि समिक्षा हुनु जरुरी छ ।”
मन्त्रालयका उपसचिव गणेश नायकले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा जिल्लाका १८ वटै पालिका मस्यौदा समितिका संयोजकसहित समितिका दुई जना सदस्य गरि ५४ जनाको सहभागिता रहेको बताए ।
सहभागीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री परिषदका कानुन सचिव राजन भण्डारीका साथै न्यायधिश र वरिष्ठ कानुन व्यवसायीहरुले कानुन बारे प्रक्षिण दिने कार्यक्रम रहेको जनाइएको छ ।
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
सारांश
- आईतवार सप्तरी सदरमुकाम राजविराजमा मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्रालद्वारा आयोजित गरिएको दुई दिने स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
- मन्त्री लेखीले कानुन बनाउँदा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने कुरामा जोड दिदै एक तहले बनाउने कानुन अर्काे तहसँग बाझ्ने अवस्था नआओस भन्नका लागी पनि समन्वय आवश्यक रहेको बताए ।
- मुलुकमा आएको परिर्वतन अनुसार केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरिएको बताउँदै उनले मधेश प्रदेश सरकारले हाल सम्म ६४ वटा कानुन निर्माण गरिसकेको जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया