सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
४४ पटक हेरिएको
Shares
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

सारांश

  •     जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका ३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
  • उनी शिक्षण पेशामा थिए ।
  •       मोरङ्ग जिल्लामा शिक्षण पेशामा कार्यरत उनी लामो समयदेखि मदुमेह र रक्तचापबाट पीडित थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक । 
    सप्तरी थप दुईजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका ३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी शिक्षण पेशामा थिए । 
    मोरङ्ग जिल्लामा शिक्षण पेशामा कार्यरत उनी लामो समयदेखि मदुमेह र रक्तचापबाट पीडित थिए । उनलाई ज्वरो तथा टाउको दुखेपछि विराटनगरस्थित बिराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सो क्रममा कोरोना परिक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएपछि सोही अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
    यस्तै धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट सोमबार राती मृत्यु भएको छ ।
    जिल्लाको महादेवा गाउँपालिका वडा नं. ६ निवासी उक्त पुरुषको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । 
    बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत रहेको उनलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
    सोही अस्पतालको कोभिड कक्षमा थप उपचारको लागि व्यवस्था गर्दै गर्दा उनको मृत्यु भएको हो जनाइएको छ । मृतक दुबैको सरकारले तोकेको मापदण्ड अनुसार शव व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
बाढी प्रभावितलाई नगद राहत वितरण
बाढी प्रभावितलाई नगद राहत वितरण
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?