दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट कार्यक्रम आयोजना गरेको छ ।
मंगलवार सप्तरी क्रिकेट संघको सहकार्य तथा जनकपुर वोल्टसको आयोजनामा राजबिराज स्थित पविमाबि क्रिकेट खेलमैदानमा एक दिने ट्यालेन्ट हन्ट खेलाडी छनोट कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिने जनकपुर बोल्ट्सका सहायक प्रशिक्षक मनोज कटुवालले जानकारी दिए ।
यसरी छनौट गरिएका मध्ये एक जना खेलाडीलाई मुख्य टोलीमा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली (वैकल्पिक) मा राखिने उनको भनाई छ ।
छनौट भएका खेलाडीहरू आगामी मंसिर १ देखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन् । जनकपुर बोल्ट्सले यस अघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूको छनौट गरिसकेको छ ।
यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
उक्त प्रतिभा छनोट अभ्यास खेलमा मधेश प्रदेश का ८ वटै जिल्लाका ८७ जना खेलाडीहरूले सहभागिता रहेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
उक्त अवसरमा क्रिकेट संघ सप्तरीका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादब, कोषाध्यक्ष तुलानाथ माझी, जनकपुर बोल्ट्सका म्यानेजर अनुुज जैयशवाल, पिच क्युरेटर धर्मेन्द्र चौधरी लगायतको समेत उपस्थिति रहेको थियो ।
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
सारांश
- मंगलवार सप्तरी क्रिकेट संघको सहकार्य तथा जनकपुर वोल्टसको आयोजनामा राजबिराज स्थित पविमाबि क्रिकेट खेलमैदानमा एक दिने ट्यालेन्ट हन्ट खेलाडी छनोट कार्यक्रम आयोजना गरिएको हो ।
- उक्त कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिने जनकपुर बोल्ट्सका सहायक प्रशिक्षक मनोज कटुवालले जानकारी दिए ।
- यसरी छनौट गरिएका मध्ये एक जना खेलाडीलाई मुख्य टोलीमा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली (वैकल्पिक) मा राखिने उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया