दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै सप्तरीका विभिन्न संघ संस्था तथा राजनीतिक दल आवद्घ संगठनले आईतबार विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली काँग्रेसका युवा नेता मो. ईर्साद अंसारीको नेतृत्वमा सामाजिक दुरी कायम गर्दै गरिएको प्रदर्शन नगरपरिक्रमा पश्चात प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
काग्रैस समर्थित युवाहरुले क्वारेन्टाईन र आईसोलेसन व्यवस्थित गर, लकडाउन अवधिको कर र बैंकको ब्याज मिनाहा गर, गरिब मजदुर परिवारलाई राहतको व्यवस्था गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड सहित प्रमुख जिल्ला अधिकारीको निवासमै पुगेर ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझाएपछि संचारकर्मीहरु सित कुरा गर्दै काँग्रेसका युवा नेता मो. अंसारीले कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको तथा हावादारी कुरा बढी गर्र्ने गरेकाले खबरदारी गर्न विरोध प्रदर्शन र ज्ञापन पत्र पठाइएको बताए ।
यता पिसिआर परिक्षण सुस्त गतिमा भएको, मापदण्ड विपरित क्वारेन्टाईन निर्माण गरी क्वारेन्टाईनमै संक्रमण बढाउने खतरा उत्पन्न भएको तथा दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने श्रमिक बेरोजगार भई भोकभोकै बस्नु पर्ने अवस्था रहेको भन्दै स्थानियले अबिलम्ब यसको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
सारांश
- नेपाली काँग्रेसका युवा नेता मो.
- ईर्साद अंसारीको नेतृत्वमा सामाजिक दुरी कायम गर्दै गरिएको प्रदर्शन नगरपरिक्रमा पश्चात प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
- काग्रैस समर्थित युवाहरुले क्वारेन्टाईन र आईसोलेसन व्यवस्थित गर, लकडाउन अवधिको कर र बैंकको ब्याज मिनाहा गर, गरिब मजदुर परिवारलाई राहतको व्यवस्था गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड सहित प्रमुख जिल्ला अधिकारीको निवासमै पुगेर ज्ञापन पत्र बुझाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया