राजविराज÷सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उपाधी पिसल्यान्डले जितेको छ ।
शनिवार सम्पन्न फाईनल खेलमा पिसल्यान्डले लिटिल एन्जेल स्कुललाई पराजित गर्दै उपाधी जितेको हो ।
टस जितेर पिसल्यान्ड निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय ३८ रनको योगफल खडा गरेको थियो । जसमा बरूणदेव गामीले बिष्फोटक ब्याटिंग गर्दै अर्थशतकिय पारी खेल्दै ५६ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ६८ रन बनाए । यस्तै प्रदिप दासले २७ रनको योगदान दिए ।
बलिङतर्फ लिटिल एन्जेलका करण बहादुर बिक र भिम यादब समान २÷२ बिकेट तथा महेन्द्र मण्डल÷गोपाल मण्डलले १÷१ बिकेट लिएका थिए ।
जवाफमा लिटिल एन्जेल स्कुलले १ सय ३८ रनको लक्ष्य पछयाउने क्रममा १९ दशमलब ३ बलमा सबै बिकेट गुमाई १ सय १९ रनमात्र बनाउन सके । जसमा जेम्स बिकले सर्वाधिक ४३ रन बनाउदै अविजित रहे भने भिम यादब २० रन र गोपाल मण्डल १७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
बलिङतर्फ पिसल्यान्डका शम्भु मण्डल÷प्रदिप दास, आरएन दास २÷२ बिकेट तथा बरूणदेव गामीले १ बिकेट हात पारे । फाइनल खेलको म्यान अफ दि फाईनल गामी नै घोषित भए ।
खेलको प्लेयर अफ दि सिरिज विशाल यादब, बेस्ट ब्याटस्म्यान बरूणदेव गामी, बेस्ट बलर गोपाल मण्डल र ईमेजिंग खेलाडी श्रवण गुप्ता घोषित भए ।
बिजेता तथा उपबिजेता टिमलाई नेपाल क्रिकेट फाउन्डेशनका निर्देशक अभिषेक कार्की, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई ईन्द्र नारायण देव, प्रतियोगिता संयोजक अनवर अली, अम्पायर संघका अध्यक्ष निरज सिंह, प्रशिक्षक सारा बेग लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरे ।
सप्तरी क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा जिल्ला स्तरिय अन्तरबिधालय एकदिवसिय क्रिकेट प्रतियोगिता पुस २ गते देखि ९ गते सम्म संचालन भएको थियो । उक्त प्रतियोगितामा जिल्लाभरका ८ वटा बिधालयहरूको सहभागिता रहेको थियो ।
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो
सारांश
- बलिङतर्फ लिटिल एन्जेलका करण बहादुर बिक र भिम यादब समान २÷२ बिकेट तथा महेन्द्र मण्डल÷गोपाल मण्डलले १÷१ बिकेट लिएका थिए ।
- जवाफमा लिटिल एन्जेल स्कुलले १ सय ३८ रनको लक्ष्य पछयाउने क्रममा १९ दशमलब ३ बलमा सबै बिकेट गुमाई १ सय १९ रनमात्र बनाउन सके ।
- जसमा जेम्स बिकले सर्वाधिक ४३ रन बनाउदै अविजित रहे भने भिम यादब २० रन र गोपाल मण्डल १७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया