पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने

राजविराज राजविराज
|
सोमबार, जेठ १, २०८०
|
|
२४ पटक हेरिएको
Shares
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने

सारांश

  •     विकासको मूल आधार नै शिक्षा रहेकोले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा क्षेत्र नै परेको भन्दै प्रदेश सांसद किरण कुमारी साहले बाउण्ड्री वाल निर्माण कार्यको सोमबार शिलान्यास गरेकी छिन् ।
  •     उनको संसदीय विकास कोषबाट निर्माण हुन लागेको बाउण्ड्री वालले बालबालिकाको सुरक्षा र सहज शैक्षिक वातावरण निर्माणमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
  •       शिलान्यासको क्रममा उनले जनताका बीच शिक्षामा आमूल परिवर्तन गर्ने प्रतिबद्धता बमोजिम सामुदायिक विद्यालयको शैक्षिक वातावरण र गुणस्तरमा सुधार ल्याउन आफ्नो संसदीय विकास कोषको बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्ने योजनाको साथ अघि बढेको बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १ जेठ ।  

    बाउन्ड्री वाल नहुदाँ बिधालय संचालन सँगै पठनपाठनमा कठिनाई हुने गरेको भन्दै राजबिराज वडा १२ स्थित दमाबतीको राष्ट्रिय आधारभुत बिधालयको बाउन्ड्री वाल निर्माण हुने भएको छ । 
    विकासको मूल आधार नै शिक्षा रहेकोले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा क्षेत्र नै परेको भन्दै प्रदेश सांसद किरण कुमारी साहले बाउण्ड्री वाल निर्माण कार्यको सोमबार शिलान्यास गरेकी छिन् ।
    उनको संसदीय विकास कोषबाट निर्माण हुन लागेको बाउण्ड्री वालले बालबालिकाको सुरक्षा र सहज शैक्षिक वातावरण निर्माणमा मद्दत पुग्ने विश्वास गरिएको छ । 
    शिलान्यासको क्रममा उनले जनताका बीच शिक्षामा आमूल परिवर्तन गर्ने प्रतिबद्धता बमोजिम सामुदायिक विद्यालयको शैक्षिक वातावरण र गुणस्तरमा सुधार ल्याउन आफ्नो संसदीय विकास कोषको बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्ने योजनाको साथ अघि बढेको बताइन् । 
    उनले आफूले प्राप्त गर्ने बजेट शिक्षा सँगै अन्य विशेष अतिआवश्यक र ठोस काममा लगानी गर्ने प्रतिबद्धता जनाउँदै विकासको मुल आधार शिक्षा रहेकोले यसलाई अभियानको रुपमा सुदृढीकरण गर्नुपर्नेमा जोड दिईन । 
    आधारभुत बिधालय दमावतीको पुर्वाधार नाजुक अबस्थामा रहेको उक्त बिधालयको लागि  संसदीय कोषबाट बाउण्ड्री बाल निर्माण कार्यको शिलान्यास गरेको बताईन । 
    कार्यक्रममा जसपा स्थानिय नेता शैलेन्द्र यादव, राम अवतार यादव लगायत स्थानीय वडावासीहरूको उपस्थिति रहेको थियो । उक्त बाउन्ड्री वालको निर्माण जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने उपभोक्ता समितिले जनाएको छ । उनले आप्mनो संसदिय कोषवाट कुल ५ लाखको लागतमा बाउन्ड्री बनाउन लागेको बताईन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
श्रमिकको तलब २५ हजार निर्धारण  माग गर्दै प्रदर्शन र ज्ञापन
श्रमिकको तलब २५ हजार निर्धारण  माग गर्दै प्रदर्शन र ज्ञापन