विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो

राजविराज राजविराज
|
बिहिबार, चैत्र ९, २०७९
|
|
१७ पटक हेरिएको
Shares
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो

सारांश

  •     पक्राउ पर्नेहरुमा विष्णुपुर गाउँपालिका ४ का नारायण खंग, विजय मण्डल र रविन्द्र मण्डल छन ।
  • यस्तै राजगढ गाउँपालिका ६ का डोमी राम र सुन्दर कुमार राम पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
  •       विद्युत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    विद्युत चोरी गरिरहेको आरोपमा विहिवार जिल्लाको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरिएको छ । यो सँगै दुई महिनाको अवधीमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय २० पुगेको छ । 
    पक्राउ पर्नेहरुमा विष्णुपुर गाउँपालिका ४ का नारायण खंग, विजय मण्डल र रविन्द्र मण्डल छन । यस्तै राजगढ गाउँपालिका ६ का डोमी राम र सुन्दर कुमार राम पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 
    विद्युत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    विद्युतीय पोलबाट हुकिङ्ग गरी विद्युत प्रयोग गरिरहेको अवस्थमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । पक्राउ परेकाहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सयका दरले जरिवाना वसुल तथा अब उप्रान्त विद्युत चोरी न गर्ने कागजात बनाएर मात्र छाडिने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?