दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
शीतलहरबाट तीन दिनअघि निधन भएको तिलाठी कोइलाडी गाउँपालिका ४ मुसहर टोलका देवु सदाको परिवारलाई गाउँपालिकाले आइतबार राहत सामग्री प्रदान गरेको छ ।
गतबिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने राजकुमार सदाको चिसोको कारण मृत्यु भएको थियो ।
गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खानेतेल, दुई थानब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनीलाल मुखिया, वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले सो सामग्रीहरु हस्तान्तरण गरे । सो अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, काँग्रेस नेता शम्भुलाल देवसहितको सहभागिता रहेको थियो ।
मुसहर वस्तीका केही ब्यक्तीमा विहानैदेखि रक्सी खाने गलत प्रवृतिले निरन्तरता पाउदा समस्या उत्पन्न हुने गरेको हुँदा यस्तो प्रवृति त्याग्न समेत सो अवसरमा अध्यक्ष मण्डलले वस्तीका बासिन्दाहरुसँग आग्रह समेत गरे ।
चिसोले ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग
सारांश
- गतबिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने राजकुमार सदाको चिसोको कारण मृत्यु भएको थियो ।
- गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खानेतेल, दुई थानब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
- गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया