नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २३, २०८०
|
|
३० पटक हेरिएको
Shares
नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो

सारांश

  •     ग्रामिण क्षेत्रका पालिकाहरुमा रहेको गाउँ ब्लकका वासिन्दाहरुले यस्तो गुनासो गरेका हुन् ।
  • २००४ सालको नम्बरी, २००६ सालको नापी, ७ नम्बरको फाँटवारी र सोही आधारमा भुमिसुधार तथा मालपोत कार्यालयले लगतको निर्णय गर्दै काटेको रसिदको आधारमा जग्गाधनीको नाममा लगत कायम गर्न निवेदन लिएर पटक÷पटक नापी कार्यालय पुग्दा पनि विभिन्न बहानामा फर्काउने गरेको छिन्नमस्ता गाउँपालिका ५ का आनन्द झाले गुनासो पोखे ।
  •       मालपोत कार्यालयले काटे कै रसिदका आधारमा विगतमा समस्या पर्दा उक्त जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण उठाउने र रजिष्टे«शन पास समेत हुदै आएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 

    जग्गाधनीको नाममा लगत कायम गर्न राजविराजस्थित नापी कार्यालयले विभिन्न बहानामा आलटाल गर्ने गरेको जनगुनासो आउन थालेको छ ।
    ग्रामिण क्षेत्रका पालिकाहरुमा रहेको गाउँ ब्लकका वासिन्दाहरुले यस्तो गुनासो गरेका हुन् । २००४ सालको नम्बरी, २००६ सालको नापी, ७ नम्बरको फाँटवारी र सोही आधारमा भुमिसुधार तथा मालपोत कार्यालयले लगतको निर्णय गर्दै काटेको रसिदको आधारमा जग्गाधनीको नाममा लगत कायम गर्न निवेदन लिएर पटक÷पटक नापी कार्यालय पुग्दा पनि विभिन्न बहानामा फर्काउने गरेको छिन्नमस्ता गाउँपालिका ५ का आनन्द झाले गुनासो पोखे । 
    मालपोत कार्यालयले काटे कै रसिदका आधारमा विगतमा समस्या पर्दा उक्त जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण उठाउने र रजिष्टे«शन पास समेत हुदै आएको थियो । तर, हाल आएर नापी कार्यालयले लगत कायम गर्न इन्कार गर्ने गरेकोले आफुहरु समस्यामा परेको तीलाठी कोइलाडी गाउँपालिका ४ का यशवन्त सिंहले गुनासो पोखे । 
    ब्लक जग्गाको लगत कायम भएको लगायत अन्य प्रमाणहरु बुझाउँदा पनि हक कायम गर्न नापी कार्यालयले नमान्दा आफुहरु समस्यामा परेको उनको भनाई छ । 
    उनले ब्लक लगत कायम भएको प्रमाणका आधारमा हक कायम गर्नु पर्ने माँग गर्दै २०७९ साल चैत्र ३० गते एक पीडितद्वारा सर्वोच्च अदालतमा परेको जग्गा खिचौला घर उठाई मुद्दामा उन कै पक्षमा पैmसला आएको नजिर देखाउँदा पनि कार्यालय प्रमुख सुमन किशोर मिश्रले नजिर मान्न पनि तयार नभएको र एउटै जग्गाको दुई जना स्वामित्व कायम रहेको देखाउन खोजेको गुनासो गरे । 
    उनले मुलुकी देवानी संहिता २०७४ र मुलुकी देवानी कार्यवीधी संहिता २०७४ को दफा २७९ र उपदफा ५ मा पनि सहमती नलिई अर्काको जग्गामा घर बनाउन नहुने स्पष्ट व्यवस्था रहेको जनाकारी दिए । 
    त्यस्तै कसैले पनि स्वामित्वालाको लिखित सहमती नलिई निजको जग्गामा घर बनाउन नपाइने कानुनी व्यवस्था रहे पनि कार्यालय प्रमुखले त्यो कानूनी व्यवस्थालाई पनि मान्न इन्कार गर्दै आएको उनको गुनासो छ । 
    ब्लकमा भएको जग्गाको प्रमाणका आधारमा जग्गाको हक कायम गर्न र अनाधिकृत रुपमा घर बनाएर वसेका ब्यक्तीको घर हटाउने सर्वाेच्च अदालतको आदेश र नजिर विपरित नापी कार्यालयको गतिवीधि अघि बढेको गाँउब्लकका जग्गाधनीहरुको आरोप छ । 
    यसबारे नापी कार्यालयका प्रमुख मिश्रसँग जिज्ञासा राख्दा उनले पछिल्लो समय केही नीति नियम परिवर्तन भएको बताए । उनले गाउँ ब्लकका जग्गामा विभिन्न झमेला देखिएको भन्दै सम्बन्धित व्यक्तीलाई आफुले आ–आफ्नो पालिकाबाट भोग चलनको सिफारिश ल्याउन मात्र भनेको जवाफ दिए । गाँउब्लकको जग्गामा फलानो व्यक्तीको स्वामित्व छ भनी पालिकाबाट प्रमाणित सहितको सिफारिश ल्याउन भनेका छौ, उनले भने । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस
संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित