विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 

सारांश

  •     धनुषाको धनौजी गाउँपालिका ४ भररिया बीचलाटोल मुसहरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय र सोही गाउँपालिका ३ झोझीकटैयास्थित मद्रसा गुलसने राजा शुक्रबार निरीक्षण गर्दै मन्त्री यादवले सो आग्रह गर्दै यसका लागि स्थानीय सरकारले सामुदायिक विद्यालयको सबलीकरणका लागि तत्परता देखाउनुपर्ने बताए ।
  •     मन्त्री यादवले मधेस प्रदेशमा एउटा पालिका पनि पूर्ण साक्षर नरहेको भन्दै साक्षर पालिका बनाउन स्थानीय तहहरूको अग्रसरता जरुरी रहेको बताए ।
  • उनले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारले स्थानीय तहसँग साझेदारी गर्ने जानकारीसमेत दिए ।

दैनिक समाचारदाता
जनकपुरधाम, १९ फागुन । 

    मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको सेवा क्षेत्रभित्रका विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन आग्रह गरेका छन् । 
    धनुषाको धनौजी गाउँपालिका ४ भररिया बीचलाटोल मुसहरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय र सोही गाउँपालिका ३ झोझीकटैयास्थित मद्रसा गुलसने राजा शुक्रबार निरीक्षण गर्दै मन्त्री यादवले सो आग्रह गर्दै यसका लागि स्थानीय सरकारले सामुदायिक विद्यालयको सबलीकरणका लागि तत्परता देखाउनुपर्ने बताए ।
    मन्त्री यादवले मधेस प्रदेशमा एउटा पालिका पनि पूर्ण साक्षर नरहेको भन्दै साक्षर पालिका बनाउन स्थानीय तहहरूको अग्रसरता जरुरी रहेको बताए । उनले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारले स्थानीय तहसँग साझेदारी गर्ने जानकारीसमेत दिए ।
    आधारभूत शिक्षालाई गुणस्तरीय बनाउन सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार विकास एवम् जनशक्ति व्यवस्थापन आवश्यक रहेको भन्दै मन्त्री यादवले आधारभूत शिक्षालाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सामुदायिक विद्यालयहरूलाई सबल बनाउनुपर्नेमा जोड दिए । 
    मन्त्री यादवले मद्रसा शिक्षाका माध्यमले समेत बालबालिकाहरू शिक्षार्जनको मूलप्रवाहमा समाहित हुन आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मद्रसा सञ्चालन गर्न सम्बद्ध पक्षलाई आग्रह पनि गरे । 
    धनौजी गाउँपालिका ४ भररिया बीचलाटोल मुसहरीस्थित विद्यालयमा पठनपाठन गरिररहेका बालबालिकासँग कुराकानी गर्न मन्त्री यादव अचानक पुगेका थिए । मन्त्री यादवले त्यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीहरूसँग पठनपाठनको स्थिति, शैक्षिक सामग्रीको उपलब्धता र दिवाखाजा आदिका विषयमा सोधपुछ गरेका थिए । 
    दलित विद्यार्थीको बहुलता रहेको त्यस विद्यालयमा सेवाक्षेत्रका बालबालिकाहरू भर्ना भए पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी पढाइ छाड्ने गरेका छन् भने विद्यार्थीका लागि आवश्यक सँख्यामा डेस्कबेन्च छैन भने विद्यालयमा शिक्षक अभाव समेत रहेको छ । 
    मन्त्री यादवले विद्यालयका समस्याका बारेमा धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार यादवसँग समेत छलफल गरेका थिए । गाउँपालिका कार्यालयमा भएको सो छलफलमा मन्त्री यादवले सामुदायिक विद्यालय हुनेखानेका छोराछोरीका लागि उपययुक्त नभएका र तिनमा विपन्न दलित वा छोरीचेलीहरू मात्र पढ्ने दुर्भाग्यपूर्ण सोच बनेकामा चिन्ता व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?