दुई पालिकामा न्यानो कम्बल वितरण

राजविराज राजविराज
|
बुधबार, पौष २३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
दुई पालिकामा न्यानो कम्बल वितरण

सारांश

  •     जिल्लाको बलान बिहुल गाउँपालिकामा विपन्न समुदायका एक सय जनालाई न्यानो कम्बल वितरण गरिएको हो ।
  •     बुधबार गाउँपालिकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय राजविराजको सहयोग तथा गाउँपालिकाको सहकार्यमा उक्त कम्बल वितरण गरिएको छ ।
  •       कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कठ्याङ्ग्रिँदो जाडोले जनजीवन प्रभावित बनेको बताउँदै यस्ता राहत कार्यक्रमले विपन्न समुदायलाई तत्काल राहत प्रदान गर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस । 

    lचसो बढ्दै जाँदा सप्तरीको दुई पालिकामा विपन्न समुदायलाई न्यानो कम्बल बितरण गरिएको छ । 
    जिल्लाको बलान बिहुल गाउँपालिकामा विपन्न समुदायका एक सय जनालाई न्यानो कम्बल वितरण गरिएको हो ।
    बुधबार गाउँपालिकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय राजविराजको सहयोग तथा गाउँपालिकाको सहकार्यमा उक्त कम्बल वितरण गरिएको छ । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कठ्याङ्ग्रिँदो जाडोले जनजीवन प्रभावित बनेको बताउँदै यस्ता राहत कार्यक्रमले विपन्न समुदायलाई तत्काल राहत प्रदान गर्ने बताए ।
    बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मुसहर, सदा, पासवान लगायतका समुदायका अत्यन्त विपन्न परिवारहरूलाई कम्बल वितरण गरिएको जानकारी दिए । 
    कम्बल वितरण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रोशन कुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालय राजविराजका उपनिर्देशक कुलचन्द्र न्यौपाने, बलान बिहुल गाउँपालिका वडा नं. १ का अध्यक्ष रामकुमार यादव तथा पत्रकार चन्दनकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
    यस्तै शीतलहर चलिरहेको बेला जिल्लाको महादेवा गाउँपालिकामा फाइबर सिरक वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. ५ स्थित दुर्गापुरमा दलित, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई बुधबार एक कार्यक्रमकाबीच फाइबर सिरक वितरण गरिएको हो ।
    कार्यक्रममा सिरक वितरण गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुनिल कुमार मंडलले शीतलहर चलेको बेला जाडोबाट बचाउन जना दलित, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई फाइबर सिरक वितरण गरिएको बताए ।
    उनले गाउँपालिकाका ६ वटै वडामा जाडोको समयमा जोखिममा रहेका वर्गलाई राहत प्रदान गर्ने उद्देश्यले अहिले सम्म चारसय सिरक वितरण गरिएको जानकारी दिए ।
    वडाअध्यक्ष हरेराम मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्यहरु, समाजसेवी तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
जनप्रतिनिधीबाट कुटिए महिला 
जनप्रतिनिधीबाट कुटिए महिला 
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कर्ण र देवकोटालाई प्रदान
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कर्ण र देवकोटालाई प्रदान
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
बिउ, मल, खादको व्यवस्था गर्न माग
बिउ, मल, खादको व्यवस्था गर्न माग