दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सप्तरीको बलानबिहुल गाउँपालिका ४ बेल्हीमा सोमबार राती भारतीय प्रहरीले स्थानीय एक यूवालाई घरबाटै पक्राउ गरि लगेपछी मंगलबार बिहान उक्त बजार क्षेत्रमा स्थानीयले प्रदर्शन तथा प्रहरी चौकी घेराउ गरेका छन् ।
नेपाली भूमीमा हतियारसहित प्रवेश गरेका भारतीय प्रहरीको ४÷५ जनाको समूहले स्थानीय २२ वर्षिय अभिनन्दकुमार यादवलाई हातपात गर्दै लगेको भन्दै आफन्त तथा स्थानीयले यसरी बिरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गर्नुका साथै प्रहरी चौकी बेल्ही घेराउ समेत गरेका छन् । राती १२ बजेको समयमा दादागिरी शैलीमा भारतीय प्रहरी प्रवेश गर्नु तर सीमामा तैनाथ नेपाल प्रहरीले कुनै अवरोध नगर्नु आश्चर्यको विषय रहेको गाउँलेहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले उक्त घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा भारतमा भएको कुनै अपरा पस्धिक घटनाको छानबिन गर्ने क्रममा अभिनन्दलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर गएको पत्ता लागेको बताए । उनले घटना सम्बन्धमा भारतीय प्रहरीसँग थप विवरण माग गरिएको बताए ।
प्रतिक्रिया
० प्रतिक्रिया