जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग

राजविराज राजविराज
|
मंगलबार, जेठ २९, २०८१
|
|
२० पटक हेरिएको
Shares
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग

सारांश

  •     आफन्तले घट्नाको सत्यतथ्य छानवीन र दोषि पत्ता लगाई कारवाहीको माग गरेका हुन ।
  •       मृतक महिलाका जेठो छोरा डा.
  • तुलाकृष्ण गुप्ताका अनुसार जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै कंचनपुर वेरियर क्षेत्रमा आयोजित अष्टयाममा सहभागी भई ४ वर्षिय नाती रियान्ससंगै घर फर्कने क्रममा राती ८ बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २९ जेठ । 

    सप्तरीको कंचनरुप नगरपालिका ८ की ५६ वर्षिया जयमाला गुप्ताको पहिचान खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको भन्दै आफन्तले दोषि पत्ता लगाई कारवाहीको माँग गरेका छन् । 
    आफन्तले घट्नाको सत्यतथ्य छानवीन र दोषि पत्ता लगाई कारवाहीको माग गरेका हुन । 
    मृतक महिलाका जेठो छोरा डा.तुलाकृष्ण गुप्ताका अनुसार जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै कंचनपुर वेरियर क्षेत्रमा आयोजित अष्टयाममा सहभागी भई ४ वर्षिय नाती रियान्ससंगै घर फर्कने क्रममा राती ८ बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो । 
    घाइते भएकी उनलाई उपचारका लागी राती नै विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएकोमा जेठ १५ गते उपचारको क्रममा मृत्यु भएको छोरा डा.गुप्ताको भनाई छ । 
    मस्तिष्कमा गहिरो चोट लागेका कारण आमाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको उनले बताए । दुर्घटना बारे पत्ता लगाई दोषिलाई कारवाहीको माँग गर्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा निकै दौडधुप गरे पनी हालसम्म प्रहरीले अपराधी पत्ता लगाउन नसकेको गुनासो समेत गरेका छन् । 
    उनले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिदै गृहमन्त्री रवी लामिछानेलाई समेत निवेदन पठाएर न्यायका लागी पहल गरिदिन आग्रह गरेका छन । 
    मृतक महिलाको कान्छो छोरा आदित्यले सो क्षेत्रका एक जना व्यवसायीको पसलमा सिसीटिभी क्यामरा जडान भएपनि निजले क्यामराको हार्डडिक्स विग्रिएको छ भनी जवाफ दिएपछि फुटेज हेर्न नसकेको बताए । 
    उनले घट्नाको तीन साता वित्न लाग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन न सकेकोमा आक्रोश पोख्दै अब धर्ना, प्रर्दशन र अनशनमा वस्ने तयारीमा लागेको बताएका छन् । 
    यता प्रहरी सो दुर्घटनाबारे आफन्तले तत्कालै जानकारी नगराएको बताएका छन् । घाईतेलाइ अस्पताल पु¥याएको दुई दिन पछि मात्र अस्पतालबाट आफन्तले सो जानकारी गराएको इलाका प्रहरी कार्यालय कंचनपुरका एक प्रहरी अधिकारीले भने । उनले ढिलो जानकारी आएपनि प्रहरीले सो बारे अनुसन्धान गरिरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
प्रिमियर लिगमा टिभीएस किंग्स र राजविराज किंग्स विजयी
प्रिमियर लिगमा टिभीएस किंग्स र राजविराज किंग्स विजयी
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
डाक्नेश्वरीमा एमालेका उम्मेदवार विजयी    
डाक्नेश्वरीमा एमालेका उम्मेदवार विजयी    
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड
माइक्रो काउन्टरमा तोडफोड
माइक्रो काउन्टरमा तोडफोड
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन