सहिदका परिवारका लागि गर्नुपर्ने काममा  राज्य चुकेको छ ः प्रदेशसभा सदस्य

राजविराज राजविराज
|
शुक्रबार, माघ ४, २०८१
|
|
१२३ पटक हेरिएको
Shares
सहिदका परिवारका लागि गर्नुपर्ने काममा  राज्य चुकेको छ ः प्रदेशसभा सदस्य

सारांश

  •     सातौं वलिदानी दिवसको अवसर पारेर मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधाममा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्यहरुले यस्तो जोड दिएका हुन् ।
  •       माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आइरहेको छ ।
  • प्रदेश सभा सदस्यहरुले सहिदहरुको वलिदानीकै कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्रातमक व्यवस्था आएको भएपनि सहिद र सहिदका परिवारका लागि गर्नुपर्ने काममा राज्य चुकेको आरोप समेत लगाएका छन् ।

दैनिक समाचारदाता
जनकपुरधाम, ४ माघ । 

    राज्यले सहिदको सम्मानमा सहिद परिवारलाई निशुल्क शिक्षा, स्वास्थ्य उपचार र जीवनयापनको लागि रोजगारीको ग्यारेन्टी गर्नु पर्नेमा मधेश प्रदेशसभा सदस्यहरुले जोड दिएका छन् । 
    सातौं वलिदानी दिवसको अवसर पारेर मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधाममा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्यहरुले यस्तो जोड दिएका हुन् । 
    माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आइरहेको छ । प्रदेश सभा सदस्यहरुले सहिदहरुको वलिदानीकै कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्रातमक व्यवस्था आएको भएपनि सहिद र सहिदका परिवारका लागि गर्नुपर्ने काममा राज्य चुकेको आरोप समेत लगाएका छन् । 
    नेपाली काँग्रेस संसदीय दल मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सहिद परिवारलाई राहतको रुपमा केही रुपियाँमा गाइ भैँसी दिएर तिनीहरुको समस्या समाधान नहुने भन्दै उनीहरुको समस्या समाधानका लागि राज्यले नीति बनाएर ठोस काम गर्नु पर्नेमा बताए । 
    नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले सहिद परिवारको समस्या समाधानका लागि प्रदेश सरकारले सहिद प्रतिष्ठान गठन गरेपनि अधिकार सम्पन्न नभएको भन्दै प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए । 
    जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले राज्यले सहिद परिवारको परिपुरनको व्यवस्था गर्नु पर्ने भन्दै सरकारी सेवामा शहिद परिवारको लागि विशेष आरक्षणको व्यवस्था गर्नु पर्नेमा जोड दिए । 
    लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य रुपा यादवले सहिदका छोरा छोरीको उज्वल भविष्यका लागि प्रदेश सरकारले एउटा छुटै कोषको व्यवस्था गर्नु पर्नेमा जोड दिइन । 
    कार्यक्रमका सहभागिहरुले २०३६ सालको आन्दोलनको क्रममा मिथिला राज्यको माग गर्दै आन्दोलनमा रहेका डा. लक्ष्मी नारायण झालाई वेपता बनाइएपछि हालसम्म उनको अवस्थावारेमा कुनै अत्तोपत्तो नभएको भन्दै प्रदेश सरकारले एउटा छुटै उच्चस्तरीय समिति गठन गरी खोजबिन गर्नुपर्ने माग गरेका छन् । 
    कार्यक्रममा जसपा नेपालका बच्चा यादव अहिर, नेपाली काँग्रेसका जीवछी यादव, नेकपा एमालेका शारदा थापा, राप्रपाका कन्चन बिच्छा सहितका प्रदेशसभा सदस्यहरु र नीति आयोग मधेश प्रदेशका सदस्य डा.शिला मिश्र, रामचन्द्र यादव सहितकाले शहिद परिवारको समस्या समाधानका लागि राज्यले गर्नु पर्ने कामकाजको विषयमा आफनो धारणा राखेका थिए । 
    मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षतामा आयोजित छलफलका क्रममा सहभागिहरुवाट आएका सुझावहरुलाई आत्मसाथ गरी मन्त्रालयले शहिदपरिवारका लागि अगामी दिनमा कार्यक्रमहरु तय गर्ने जनाइएको छ । 
    मन्त्री लेखीले सहिदको सपना पुरा गर्न र सहिद परिवारको समस्या समाधानका लागि प्रयास सुरु गरेको भन्दै मन्त्रालयको एक्लो प्रयासले मात्रै सम्भव नहुने धारणा राखे । उनले थालेको प्रयासलाई सफल पार्नका लागि विभिन्न राजनीतिक दल, प्रदेशसभा सदस्य र कर्मचारीको पनि भूमिका त्यतिकै रहेको बताए । 
    कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यन्याधिवक्ता सुरेन्द्र महतोले सहिदको सपना र वर्तमान उपलब्धीको विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
प्रशासन, प्रहरी प्रमुख लगायत  चिकित्सकले कैदीबन्दीसँग मनाए होली
प्रशासन, प्रहरी प्रमुख लगायत  चिकित्सकले कैदीबन्दीसँग मनाए होली
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना