दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले सडक तथा विकास निर्माणका अन्य काम गर्दा रकम चलखेल तथा हिनामिना गरेको कुरा प्रमाणित गरेर देखाइदिन चुनौती दिएका छन् ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कामको बारेमा तथ्यपूर्ण समाचार सम्प्रेशनका लागि उनले संचारकर्मीहरु समक्ष आग्रह समेत गरे ।
गाउँपालिकाको सीमित बजेटका बाबजुद पनि जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्दा आफूलाई विभिन्न कोणबाट हतोत्साहित गर्ने काम भइरहेको उनको भनाई छ ।
तीन करोडको बजेटबाट काम गरेको योजनामा ६ करोड हिनामिना गरेको भन्दै आफ्ना बिरुद्ध गाउँकै केही व्यक्तिले सामाजिक संजालमा लेख्ने गरेको उनको गुनासो थियो ।
कार्यालयमा जथाभावी तथा अनियमित ढंगले कर्मचारी भर्ना गरिएको झुठो आरोपको खण्डन गर्दै उनले ६ जना सरसफाईकर्मी बाहेक अन्य केही कर्मचारी भर्ना गरेपनि त्यसमा प्रक्रिया पुर्याइएको बाँकी कर्मचारी आफ्नो कार्यकाल अगावै नियुक्ति भएकाले उनीहरुलाई निरन्तरता मात्र दिएको स्पष्ट पारे ।
आफ्नै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यले समेत गाउँपालिकाले बनाएको सडक तथा अन्य विकास निर्माणका कार्यमा हिनामिना गरेको भनी निराधार आरोप लगाएकोप्रति दु:ख व्यक्त गरे ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष बेचनीदेवी सरदार तथा उक्त गाउँपालिकाका केही वडाका अध्यक्षहरुले समेत अध्यक्ष यादवको समर्थन गर्दै विपक्षिले बिरोधका लागि बिरोध गरिरहेको तथा अनावश्यक रुपमा गलत प्रचारबाजीमा लागेको बताएका थिए ।
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
सारांश
- आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कामको बारेमा तथ्यपूर्ण समाचार सम्प्रेशनका लागि उनले संचारकर्मीहरु समक्ष आग्रह समेत गरे ।
- गाउँपालिकाको सीमित बजेटका बाबजुद पनि जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्दा आफूलाई विभिन्न कोणबाट हतोत्साहित गर्ने काम भइरहेको उनको भनाई छ ।
- तीन करोडको बजेटबाट काम गरेको योजनामा ६ करोड हिनामिना गरेको भन्दै आफ्ना बिरुद्ध गाउँकै केही व्यक्तिले सामाजिक संजालमा लेख्ने गरेको उनको गुनासो थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया