होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
५५ पटक हेरिएको
Shares
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै

सारांश

  •     होटल र रेष्टुरेन्टहरुमा देखिने स्वच्छताको आधारमा अत्ति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरि चार किसिमको स्टिकर टाँस गरिने छ ।
  •       सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार प्रतिनिधि सम्मिलित टोलीले अनुगमन तथा खाद्य स्वच्छताको आधारमा होटल र रेष्टुरेन्टको स्तरिकरण गर्दै स्टिकर टाँस्ने कार्यको शुभारम्भ गरिएको हो ।
  •       टोलीले जिल्लाभरका होटल र रेष्टुरेन्टहरुको अनुगमन गरि स्तरिकरण निर्धारण र मापदण्ड अनुसारको स्टिकर प्रदान गर्ने कार्यक्रम रहेको खाद्य तथा प्रविधि डिभिजन कार्यालयका सुरेश कुमार सिंहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
    सप्तरीस्थित होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले सोमबारदेखी सदरमुकाम राजविराजबाट स्टिकर टाँस्दै कार्यको शुभारम्भ भएको छ । 
    होटल र रेष्टुरेन्टहरुमा देखिने स्वच्छताको आधारमा अत्ति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरि चार किसिमको स्टिकर टाँस गरिने छ । 
    सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार प्रतिनिधि सम्मिलित टोलीले अनुगमन तथा खाद्य स्वच्छताको आधारमा होटल र रेष्टुरेन्टको स्तरिकरण गर्दै स्टिकर टाँस्ने कार्यको शुभारम्भ गरिएको हो । 
    टोलीले जिल्लाभरका होटल र रेष्टुरेन्टहरुको अनुगमन गरि स्तरिकरण निर्धारण र मापदण्ड अनुसारको स्टिकर प्रदान गर्ने कार्यक्रम रहेको खाद्य तथा प्रविधि डिभिजन कार्यालयका सुरेश कुमार सिंहले जानकारी दिए । 
    पहिलो दिन सदरमुकाम राजविराजमा गरिएको अनुगमनको क्रममा अति उत्तम श्रेणीमा कुनै पनि होटल र रेष्टुरेन्ट पर्न नसकेको र कतिपय होटलबाट म्याद गुज्रेका, सडेगलेका, अखाद्यय बस्तु जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
    अनुगमन र स्टिकर टाँस्ने क्रममा प्रजिअ पौडेलले अखाद्य बस्तु बितरण नगर्न तथा सरसफाईमा विशेष ध्यान दिन भन्दै होटल र रेष्टरेन्ट संचालकहरुलाई सचेत समेत गराएका थिए । 
    सो टोलीमा प्रजिअ पौडेलका साथै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, खाद्य तथा प्रविधि डिभिजन कार्यालयका सुरेश कुमार सिंह, रमेश दाहाल, उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, घरेलु तथा साना उद्योग कार्यालयका खगेन्द्र बुढाथोकी तथा पत्रकार सहभागि छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी 
बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी 
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
२०१९ को विदा सँगै २०२० को आगमन 
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
आचारसंहिता विपरीत लगाइएका प्रचार सामाग्रि हटाइदै
आचारसंहिता विपरीत लगाइएका प्रचार सामाग्रि हटाइदै
नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल 
नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?