अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान

राजविराज राजविराज
|
आइतबार, आश्विन २०, २०८१
|
|
७३ पटक हेरिएको
Shares
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान

सारांश

  •     युएनएफपीएको सहयोगमा ६ हजार अमेरिकी डलर (८ लाख ५० हजार नेपाली रुपैया) मुल्य बराबरको उक्त स्वास्थ्य सामाग्रि आइतबार एक कार्यक्रमबीच नेपाल रेडक्रस सोसाईटी केन्द्र र जिल्ला शाखाको समन्वयमा उपलब्ध गराइएको हो ।
  •       अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रमबीच उक्त सामग्री सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्र कुमार यादवले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.
  • दिलिप कुमार साहलाई हस्तान्तरण गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २० असोज ।

    गर्भवती तथा सुत्केरी महिलाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । 
    युएनएफपीएको सहयोगमा ६ हजार अमेरिकी डलर (८ लाख ५० हजार नेपाली रुपैया) मुल्य बराबरको उक्त स्वास्थ्य सामाग्रि आइतबार एक कार्यक्रमबीच नेपाल रेडक्रस सोसाईटी केन्द्र र जिल्ला शाखाको समन्वयमा उपलब्ध गराइएको हो । 
    अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रमबीच उक्त सामग्री सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्र कुमार यादवले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिलिप कुमार साहलाई हस्तान्तरण गरेका हुन् । 
    उपलब्ध गराइएका प्रजनन् स्वास्थ्य सामग्रीमा ४३ कार्टुन आइ एच किट, शल्यक्रियामा प्रयोग गरिने उपकरण तथा औषधी लगायतका उपचार सामग्री रहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक नगेन्द्र अर्यालले जानकारी दिए । 
    सो अवसरमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितीका प्रभा न्यौपाने, करुणा विष्ट, रेडक्रस सप्तरी शाखाका अध्यक्ष जोगेन्द्र भगत, रेडक्रस राजविराज उपशाखाका अध्यक्ष बैद्यनाथ झाका साथै अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
वर्षौदेखी जिर्ण रहेको काठेपुल बिस्थापित गरि पक्की पुल निर्माण हुँदै
वर्षौदेखी जिर्ण रहेको काठेपुल बिस्थापित गरि पक्की पुल निर्माण हुँदै
आगलागिमा तीन लाख मुल्यको क्षति
आगलागिमा तीन लाख मुल्यको क्षति