दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको खडक नगरपालिका ११ बनौलीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४२ वर्षिय दिपेन्द्र पासवान छन् ।
आइतबार राती ८ बजेतिर सोही वडाको हुलाकी सडक खण्डमा सडक किनारमा ट्याक्टर राखेर थ्रेसर मेशिन जडान गरि धान दाउन गरिरहेका बेला बोदेबरसाइनबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश–२–०१–००१प.१७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका पासवानलाई उपचारका लागि स्थानिय छिन्नमस्ता अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
मृतक उक्त ट्याक्टरका चालक हुन् । दुर्घटनाका क्रममा ठक्कर दिने मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका २८ वर्षिय रामानन्द चौधरी समेत घाइते भएका छन् । प्रहरी निगरानीमा उनको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
सारांश
- आइतबार राती ८ बजेतिर सोही वडाको हुलाकी सडक खण्डमा सडक किनारमा ट्याक्टर राखेर थ्रेसर मेशिन जडान गरि धान दाउन गरिरहेका बेला बोदेबरसाइनबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश–२–०१–००१प.
- १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- ठक्करबाट गम्भिर घाइते भएका पासवानलाई उपचारका लागि स्थानिय छिन्नमस्ता अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया