दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १० स्थित भोडहामा सोमबाराती आगलागी हुदाँ तीन परिवारका ७ घर जलेर नष्ट भएको छ ।
सोमबार राति भएको आगलागिमा स्थानीय कमरुद्दिन शेखको गोठमा बालिएको घुरवाट आगो सल्केर शेखको एक गोठ घर र एक पाडो, छिमेकी भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर जलेर नष्ट भएको हो ।
आगलागीमा लत्ताकपडा, फर्निचर, खाद्यान्न, लगायत सरसमान जल्दा १८ लाख मुल्य वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्थानीय, कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र, कञ्चनरुप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएका ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएका छन् ।
यसैबीच अग्निपीडित परिवारलाई तत्काल च्यूरा, भुजा, चाउचाउ, बिस्कुट, तेल, नुनगरि करिब १० हजार वरावरको खद्यान्न वितरण गरेको वडाअध्यक्ष दामोदर खड्गाले बताए ।
आगलागिमा तीन परिवारको सात घर नष्ट
सारांश
- सोमबार राति भएको आगलागिमा स्थानीय कमरुद्दिन शेखको गोठमा बालिएको घुरवाट आगो सल्केर शेखको एक गोठ घर र एक पाडो, छिमेकी भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर जलेर नष्ट भएको हो ।
- आगलागीमा लत्ताकपडा, फर्निचर, खाद्यान्न, लगायत सरसमान जल्दा १८ लाख मुल्य वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
- स्थानीय, कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र, कञ्चनरुप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएका ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया