दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १० स्थित भोडहामा सोमबाराती आगलागी हुदाँ तीन परिवारका ७ घर जलेर नष्ट भएको छ ।
सोमबार राति भएको आगलागिमा स्थानीय कमरुद्दिन शेखको गोठमा बालिएको घुरवाट आगो सल्केर शेखको एक गोठ घर र एक पाडो, छिमेकी भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर जलेर नष्ट भएको हो ।
आगलागीमा लत्ताकपडा, फर्निचर, खाद्यान्न, लगायत सरसमान जल्दा १८ लाख मुल्य वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्थानीय, कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र, कञ्चनरुप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएका ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएका छन् ।
यसैबीच अग्निपीडित परिवारलाई तत्काल च्यूरा, भुजा, चाउचाउ, बिस्कुट, तेल, नुनगरि करिब १० हजार वरावरको खद्यान्न वितरण गरेको वडाअध्यक्ष दामोदर खड्गाले बताए ।
आगलागिमा तीन परिवारको सात घर नष्ट
सारांश
- सोमबार राति भएको आगलागिमा स्थानीय कमरुद्दिन शेखको गोठमा बालिएको घुरवाट आगो सल्केर शेखको एक गोठ घर र एक पाडो, छिमेकी भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर जलेर नष्ट भएको हो ।
- आगलागीमा लत्ताकपडा, फर्निचर, खाद्यान्न, लगायत सरसमान जल्दा १८ लाख मुल्य वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
- स्थानीय, कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र, कञ्चनरुप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएका ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया