नौं दिनदेखी बालक सम्पर्कविहीन 

राजविराज राजविराज
|
सोमबार, पौष १२, २०७८
|
|
६४ पटक हेरिएको
Shares
नौं दिनदेखी बालक सम्पर्कविहीन 

सारांश

  •     सम्पर्कविहीन भएको ९ दिन पुगिसक्दा समेत उनको अवस्था अज्ञात रहेको आइतबार संचारकर्मीहरुसँग भेट्दै उनको परिवारजनले बताएका छन् ।
  • वेपत्ता सुदिपको अवस्था पत्ता लगाउने कार्यमा सहयोगका लागि परिवारजनले आग्रह समेत गरेका छन् ।
  •       बुबा सरोजका अनुसार गत पुस ३ गते शनिबार घर नजिकै रहेको खेलमैदानमा दिउँसो २ बजेतिर उनी साथीहरुसँग क्रिकेट खेल्न गएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 
    सप्तरीको बोदेबरसाईन नगरपालिका २ का बालक सुदिप यादव ९ दिनदेखी सम्पर्कविहीन छन् । 
    सम्पर्कविहीन भएको ९ दिन पुगिसक्दा समेत उनको अवस्था अज्ञात रहेको आइतबार संचारकर्मीहरुसँग भेट्दै उनको परिवारजनले बताएका छन् । वेपत्ता सुदिपको अवस्था पत्ता लगाउने कार्यमा सहयोगका लागि परिवारजनले आग्रह समेत गरेका छन् । 
    बुबा सरोजका अनुसार गत पुस ३ गते शनिबार घर नजिकै रहेको खेलमैदानमा दिउँसो २ बजेतिर उनी साथीहरुसँग क्रिकेट खेल्न गएका थिए । तर त्यसपछि फर्केर आएनन् । रात्ी अबेरसम्म घर नफर्केपछि चिन्तामा डुबेका परिवारजन भोली पल्ट विहानै इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा घटना विवरणसहित खोजतलासका लागि निवेदन दिएका थिए । 
    प्रहरीले सोही दिनदेखी खोजतलास तिब्र पारेको बताएपनि हालसम्म अज्ञात रहेका सुदिपको अवस्था बारे केही सुराक पत्ता लगाउन सकेको छैन् । मिस्त्रिको काम गर्ने यादवका दुई छोरा मध्ये १३ वर्षि सुदिप कान्छा हुन् । उनी लहानस्थित लिटिल स्टार हायरसेकेन्ड्री बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्दै थिए । शनिबार बिदा परेकाले उनी साथीहरुसँग क्रिकेट खेल्न गएका बेला वेपत्ता भएको र उनका साथी तथा अन्य सम्भावित सबै स्थानमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेको आमा रनिताले रुदै सुनाइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी