दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
सप्तरीको बोदेबरसाईन नगरपालिका २ का बालक सुदिप यादव ९ दिनदेखी सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन भएको ९ दिन पुगिसक्दा समेत उनको अवस्था अज्ञात रहेको आइतबार संचारकर्मीहरुसँग भेट्दै उनको परिवारजनले बताएका छन् । वेपत्ता सुदिपको अवस्था पत्ता लगाउने कार्यमा सहयोगका लागि परिवारजनले आग्रह समेत गरेका छन् ।
बुबा सरोजका अनुसार गत पुस ३ गते शनिबार घर नजिकै रहेको खेलमैदानमा दिउँसो २ बजेतिर उनी साथीहरुसँग क्रिकेट खेल्न गएका थिए । तर त्यसपछि फर्केर आएनन् । रात्ी अबेरसम्म घर नफर्केपछि चिन्तामा डुबेका परिवारजन भोली पल्ट विहानै इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा घटना विवरणसहित खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रहरीले सोही दिनदेखी खोजतलास तिब्र पारेको बताएपनि हालसम्म अज्ञात रहेका सुदिपको अवस्था बारे केही सुराक पत्ता लगाउन सकेको छैन् । मिस्त्रिको काम गर्ने यादवका दुई छोरा मध्ये १३ वर्षि सुदिप कान्छा हुन् । उनी लहानस्थित लिटिल स्टार हायरसेकेन्ड्री बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्दै थिए । शनिबार बिदा परेकाले उनी साथीहरुसँग क्रिकेट खेल्न गएका बेला वेपत्ता भएको र उनका साथी तथा अन्य सम्भावित सबै स्थानमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेको आमा रनिताले रुदै सुनाइन् ।
नौं दिनदेखी बालक सम्पर्कविहीन
सारांश
- सम्पर्कविहीन भएको ९ दिन पुगिसक्दा समेत उनको अवस्था अज्ञात रहेको आइतबार संचारकर्मीहरुसँग भेट्दै उनको परिवारजनले बताएका छन् ।
- वेपत्ता सुदिपको अवस्था पत्ता लगाउने कार्यमा सहयोगका लागि परिवारजनले आग्रह समेत गरेका छन् ।
- बुबा सरोजका अनुसार गत पुस ३ गते शनिबार घर नजिकै रहेको खेलमैदानमा दिउँसो २ बजेतिर उनी साथीहरुसँग क्रिकेट खेल्न गएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया