आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता

राजविराज राजविराज
|
बुधबार, पौष १३, २०७९
|
|
४३ पटक हेरिएको
Shares
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता

सारांश

  •     महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा  मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार अवधेश झामाथि धम्की दिने नसरुल राजालाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको अवस्थामा स्थानीय अगुवाहरुबाट एक पटककालागि माफी दिने महासंघसित गरेको आग्रह बमोजिम जिल्ला प्रहरी कार्यालयमा छलफल पश्चात् माफी दिइएको जनाइएको छ ।
  •       सो छलफलका क्रममा आफूले फेसबुकमा लेख्दा पनि यस्तो कानूनी कारबाही हुनसक्छ भनी ज्ञान नभएको र आईन्दा पत्रकारको सम्बन्धमा यस्तो नलेख्ने भनि आरोपी नसरुल राजाले माफी माग्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा कागजी कानूनी प्रक्रिया पूरा गरेपछि सहमतीमै उनलाई रिहा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
  •       उक्त छलफलमा नसरुल राजाको तर्फबाट अधिवक्ता मोहम्मद समिम, नेपाल पत्रकार महासंघबाट अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, पीडित पत्रकार अवधेशकुमार झासहितका सहभागी थियो भने जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले र डीएसपी नरेश सिंहको उपस्थिती थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    पत्रकारलाई धम्की दिने प्रकरणमा अरोपीले माफि मागेपछि नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।
    महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा  मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार अवधेश झामाथि धम्की दिने नसरुल राजालाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको अवस्थामा स्थानीय अगुवाहरुबाट एक पटककालागि माफी दिने महासंघसित गरेको आग्रह बमोजिम जिल्ला प्रहरी कार्यालयमा छलफल पश्चात् माफी दिइएको जनाइएको छ । 
    सो छलफलका क्रममा आफूले फेसबुकमा लेख्दा पनि यस्तो कानूनी कारबाही हुनसक्छ भनी ज्ञान नभएको र आईन्दा पत्रकारको सम्बन्धमा यस्तो नलेख्ने भनि आरोपी नसरुल राजाले माफी माग्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा कागजी कानूनी प्रक्रिया पूरा गरेपछि सहमतीमै उनलाई रिहा गरिएको विज्ञप्तिमा उल्लेख छ । 
    उक्त छलफलमा नसरुल राजाको तर्फबाट अधिवक्ता मोहम्मद समिम, नेपाल पत्रकार महासंघबाट अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, पीडित पत्रकार अवधेशकुमार झासहितका सहभागी थियो भने जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले र डीएसपी नरेश सिंहको उपस्थिती थियो ।
    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, सप्तरी शाखाका सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झामाथि समाजिक सञ्जाल ‘फेसबुक’मा स्थानीय नसरुल राजाले ज्यान मार्ने धम्कीसहितको पोष्ट गरेका थिए । सोही विषयलाई लिएर महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत पुस १२ गतेसम्म आन्दोलनलाई निरन्तरता दिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिविरमा आँखा जचाएका मध्येबाट ७० जनामा मोतियाविन्दुको समस्या
शिविरमा आँखा जचाएका मध्येबाट ७० जनामा मोतियाविन्दुको समस्या
बाढीमा फसेकाहरुको उद्दार
बाढीमा फसेकाहरुको उद्दार
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
पत्थरगाढामा ग्लोबल बैंक संचालन
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु