नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
१२२ पटक हेरिएको
Shares
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह

सारांश

  •     शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वका अन्य कैयौं मुलुकको दाजोमा नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको उल्लेख गरे ।
  •       अहिले अधिकार र सबलीकरणको क्षेत्रमा क्रियाशिल महिलाहरुको संख्या निकै बढीरहेकोमा खुशी व्यक्त गर्दैै उनले लैङ्गिक विभेद, महिला हिंसामा न्युनिकरणका साथ साथै राज्यका हरेका अंगमा महिलाहरुको नेतृत्व स्थापित गर्नेमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
  •       आफू नेतृत्वको मन्त्रालयले झण्डै ७० प्रतिशत महिलालाई हेर्नु पर्ने जिम्मेवारी रहेपनि कुल बजेटको १ प्रतिशत भन्दा कम बजेटको भरमा काम गरिरहनु परेको उनले उल्लेख गरे ।

दैनिक समाचारदाता
काठमाडौं, ९ साउन ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले महिला सहभागिताको विषयलाई लैङ्गिक समानताको रुपका साथै परिवर्तनको प्रत्याभूतीका दृष्टिकोणले समेत महत्व दिनु आवश्यक रहेको बताएका छन् ।  
    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वका अन्य कैयौं मुलुकको दाजोमा नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको उल्लेख गरे । 
    अहिले अधिकार र सबलीकरणको क्षेत्रमा क्रियाशिल महिलाहरुको संख्या निकै बढीरहेकोमा खुशी व्यक्त गर्दैै उनले लैङ्गिक विभेद, महिला हिंसामा न्युनिकरणका साथ साथै राज्यका हरेका अंगमा महिलाहरुको नेतृत्व स्थापित गर्नेमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 
    आफू नेतृत्वको मन्त्रालयले झण्डै ७० प्रतिशत महिलालाई हेर्नु पर्ने जिम्मेवारी रहेपनि कुल बजेटको १ प्रतिशत भन्दा कम बजेटको भरमा काम गरिरहनु परेको उनले उल्लेख गरे । यसका लागि अन्य मन्त्रालयहरुसँग समेत समन्वयका साथ अघि बढ्न सके काममा अझै उपलब्धी प्राप्त हुने र यसका लागि पनि आफू प्रयासरत रहेको उनले बताए । 
    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्रालयकी सहसचिव आभाश्रेष्ठ कर्णले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा
जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
महिला क्रिकेट बिकासका लागि  जिल्ला क्रिकेट प्रतियोगिता सुरू
महिला क्रिकेट बिकासका लागि  जिल्ला क्रिकेट प्रतियोगिता सुरू

छुटाउनुभयो कि ?