दैनिक समाचारदाता
काठमाडौं, ९ साउन ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले महिला सहभागिताको विषयलाई लैङ्गिक समानताको रुपका साथै परिवर्तनको प्रत्याभूतीका दृष्टिकोणले समेत महत्व दिनु आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वका अन्य कैयौं मुलुकको दाजोमा नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको उल्लेख गरे ।
अहिले अधिकार र सबलीकरणको क्षेत्रमा क्रियाशिल महिलाहरुको संख्या निकै बढीरहेकोमा खुशी व्यक्त गर्दैै उनले लैङ्गिक विभेद, महिला हिंसामा न्युनिकरणका साथ साथै राज्यका हरेका अंगमा महिलाहरुको नेतृत्व स्थापित गर्नेमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
आफू नेतृत्वको मन्त्रालयले झण्डै ७० प्रतिशत महिलालाई हेर्नु पर्ने जिम्मेवारी रहेपनि कुल बजेटको १ प्रतिशत भन्दा कम बजेटको भरमा काम गरिरहनु परेको उनले उल्लेख गरे । यसका लागि अन्य मन्त्रालयहरुसँग समेत समन्वयका साथ अघि बढ्न सके काममा अझै उपलब्धी प्राप्त हुने र यसका लागि पनि आफू प्रयासरत रहेको उनले बताए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्रालयकी सहसचिव आभाश्रेष्ठ कर्णले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए ।
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
सारांश
- शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वका अन्य कैयौं मुलुकको दाजोमा नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको उल्लेख गरे ।
- अहिले अधिकार र सबलीकरणको क्षेत्रमा क्रियाशिल महिलाहरुको संख्या निकै बढीरहेकोमा खुशी व्यक्त गर्दैै उनले लैङ्गिक विभेद, महिला हिंसामा न्युनिकरणका साथ साथै राज्यका हरेका अंगमा महिलाहरुको नेतृत्व स्थापित गर्नेमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
- आफू नेतृत्वको मन्त्रालयले झण्डै ७० प्रतिशत महिलालाई हेर्नु पर्ने जिम्मेवारी रहेपनि कुल बजेटको १ प्रतिशत भन्दा कम बजेटको भरमा काम गरिरहनु परेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी
प्रतिक्रिया
० प्रतिक्रिया