छठ पर्व आजबाट विधिवत् सुरु

राजविराज राजविराज
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
छठ पर्व आजबाट विधिवत् सुरु

सारांश

  •     मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
  •     सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।
  • आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

छठ पर्व आजबाट विधिवत् सुरु
    राजविराज÷दशैं, दिपावली लगत्तै मनाउने साझा पर्वको रुपमा छुट्टै पहिचान बनाएको छठ आज (आइतबार) देखि विधिवत रुपमा सुरु भएको छ । सूर्यको     आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वासका साथ यो पर्व चार दिनसम्म मनाउने गरिन्छ । 
    चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।
    मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
    सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
      सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व हिजोआज अन्य जाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।
    प्रदेश नं. २ सरकारले यो पर्व मनाउन मंगलबार र बुधबार दुई दिन सार्वजनिक विदा समेत दिएको छ । तर, संघीय सरकारले छठ पर्वको अवसरमा एक दिन मंगलबार मात्र सार्वजनिक विदा दिएको छ । यसअघि गत वर्ष सरकारले यस पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको थियो ।
    पर्वको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लहसुन, प्याज नहाली कालो नुन प्रयोग गरि खाना खाने गर्छन् । 
    यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।
        पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका ब्रतालुहरु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पुजा गर्ने गर्छन् । र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पुजा गरि समाप्त हुन्छ । 
    यता सप्तरीमा पनि छठ पर्वका लागि धमाधम तयारी भइरहेको छ भने पुजा सामाग्रिहरु किनमेलका लागि अहिले बजारमा चहलपहल बढेको छ । 
    छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराई आवश्यक पर्छ । पूर्णरूपमा शकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ ।  
    यता छठ पर्वलाई व्यवस्थित गर्न स्थानीय युवकहरूले समिति बनाई व्यवस्थापन गर्ने गरेका छन् भने यो पर्व जलाशय, पोखरी वा नदी भएको स्थानमा मनाइन्छ ।


    राजविराज वडा नम्बर १ स्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । यता भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठका लागि स्थान ओगटदै छन् ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  
संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान