वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
७४ पटक हेरिएको
Shares
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप

सारांश

  • स्थानीयले मंगलवार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो ।
  • वडा अध्यक्ष सरदारले प्रकृया, पारदर्शीता उलंघन गर्दै बढीजसो कार्यालयमा नवस्ने, आएको बखत पनि आसपासको चियापसल तथा अन्य ठाउँमा बसेर समय बिताउने गरेका कारण उनी मार्फत हुने गरेका काममा सेवाग्राहीलाई हैरानी हुने गरेको स्थानीय रंजित भगतले बताए ।
  •   उनले उपभोक्ता समिति गठन गरेपनि वडाध्यक्ष सरदार सोको सूचना नै ननिकाली आफ््ना नजिकका ब्यक्तीलाई राखेर गोप्य ढंगले समिति गठन गर्ने गरेको आरोप समेत लगाए ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।

सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बद्री नारायण सरदारले आफ्नै मनमानी ढंगले काम गर्न लागेको स्थानीयले आरोप लगाएका छन । 
स्थानीयले मंगलवार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । वडा अध्यक्ष सरदारले प्रकृया, पारदर्शीता उलंघन गर्दै बढीजसो कार्यालयमा नवस्ने, आएको बखत पनि आसपासको चियापसल तथा अन्य ठाउँमा बसेर समय बिताउने गरेका कारण उनी मार्फत हुने गरेका काममा सेवाग्राहीलाई हैरानी हुने गरेको स्थानीय रंजित भगतले बताए । 
उनले उपभोक्ता समिति गठन गरेपनि वडाध्यक्ष सरदार सोको सूचना नै ननिकाली आफ््ना नजिकका ब्यक्तीलाई राखेर गोप्य ढंगले समिति गठन गर्ने गरेको आरोप समेत लगाए । विगत दुई वर्षदेखि हाल सम्मका वडामा गठित उपभोक्ता समितिको तथ्याङ्क माग गर्दा समेत उनले दिन नमानेको बताए । 
यस्तै सोही वडास्थित श्रीलुलसज माध्यमिक विद्यालय तेरौहतामा भवन निर्माणका लागी आएको ५५ लाख रुपैयाको बजेट टेण्डर र कुनै सुचना ननिकाली काम सूरु गरेको र सोको बारेमा निवेदन दिएर जानकारी माग्दा गाउँपालिका कार्यालय र विद्यालयमा गएर बुझ्नु भन्दै तोक लगाएर फिर्ता पठाइदिएको स्थानीय बुदुर चौधरीको गुनासो छ । 
अर्काे स्थानीयवासी रविन्द्र सरदारले राजेन्द्र दासको घर देखी इश्वर भगत र नन्द किशोर भगतको घरदेखि गैंड सिह मन्दिर सम्मको आरसिसी ढलान कामको गूपचुपमा वडाध्यक्षले उपभोक्ता समिति गठन गरी सर्वसाधारणलाई जानकारी सम्म नदिएको गुनासो गरे । 
वडाध्यक्ष सरदारसंग यसबारे बुझ्दा उनले श्रीलुलसज माध्यमिक विद्यालयका लागी आएको रकम विद्यालयकै खातामा रहेको भन्दै त्यस सम्बन्धि कागजात र कुनै अभिलेख वडा कार्यालयमा नरहेको बताए । उपभोक्ता समिति गठन गर्दा त्यसबारे ठाउँ ठाउँमा सूचना टाँस गरी मात्र समिति गठन गरीएको उनको दाबी छ । 
स्थानीयले भने उक्त सम्पुर्ण प्रकरणको छानवीन हुनु पर्ने माग समेत गरेका छन ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
शिक्षक राय मृत फेला 
शिक्षक राय मृत फेला 
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु