यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह

राजविराज राजविराज
|
आइतबार, भाद्र २८, २०७७
|
|
५४ पटक हेरिएको
Shares
यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह

सारांश

  •     सप्तरीको रुपनी गाउँपालिका वडा नं.
  • ४ स्थित भथौलको सामुदायिक भवनमा आइतवार आयोजित कृषी सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
  •   सम्बोधन गर्दै मन्त्री साहले मुलुकभर प्रदेश २ बाट झण्डै १० लाख युवा विदेशिएको चर्चा गर्दै कृषीमा आधारित यूवा प्रवद्र्धन रोजगार कार्यक्रम अन्तर्गत विदेशबाट फर्केर आउने तथा स्थानीय बेरोजगार यूवाहरुलाई उत्पादनमूलक एवम् व्यवसायमुखी कार्यहरु गर्नकालागि प्रदेश सरकारले बिना व्याज ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २८ भदौ । 
प्रदेश नम्वर २ का भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले स्थानिय बेरोजगार यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि चाडै नै विना ब्याज ऋण उपलब्ध गराउने बताएका छन् ।
    सप्तरीको रुपनी गाउँपालिका वडा नं. ४ स्थित भथौलको सामुदायिक भवनमा आइतवार आयोजित कृषी सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । 
सम्बोधन गर्दै मन्त्री साहले मुलुकभर प्रदेश २ बाट झण्डै १० लाख युवा विदेशिएको चर्चा गर्दै कृषीमा आधारित यूवा प्रवद्र्धन रोजगार कार्यक्रम अन्तर्गत विदेशबाट फर्केर आउने तथा स्थानीय बेरोजगार यूवाहरुलाई उत्पादनमूलक एवम् व्यवसायमुखी कार्यहरु गर्नकालागि प्रदेश सरकारले बिना व्याज ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको बताए । 
मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत १ कठदेखि १० कठसम्म खेती गर्ने किसानको नाममा खाता सञ्चालन गरी दश हजार रुपैयाँ खातामै पठाईने मन्त्री साहले जानकारी दिदै किसानहरुलाई मलखाद तथा बीउबिजन खरिद गर्न वर्षमा एक पटक उक्त रकम पठाईने बताए । 
    कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरु गजेन्द्र कुमार मण्डल, दिनेश कुमार यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी सरदार, पार्टीका यूवा नेता उमेश कुमार यादव, वडा अध्यक्ष छेदी ईशर, पूर्व वडा अध्यक्ष मिश्रीलाल यादव,  कृषक अगुवा भिखो माझी, रामेश्वर विश्वास लगायतले वडा तथा गाउँपालिकाको विविध समस्याहरुबारे मन्तव्य व्यक्त गरेका थिए । 
उक्त कार्यक्रममा वडाका किसानहरुको समस्यासहित विविध पक्षहरुबारे प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले किसानहरुको समस्या तथा वडाको विविध समस्याहरुबारे मन्त्री साहको ध्यानाकर्षण गराए । पार्टीका वडा कमिटी अध्यक्ष तेजनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्राध्यापक धनेश्वर यादवले गरे ।
यसैबीच मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका रुपनी गाउँपालिका वडा नम्वर ४ का स्व. खुशीलाल यादव र नागेश्वर यादवका परिवारलाई सम्मान गरिएको छ । सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष हरेराम यादवले कृषी क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको भन्दै मन्त्री साहलाई समेत दोसल्ला ओढाएर सम्मान गरे ।
    सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले टिका लगाएर स्वागत गरेका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?